२६ आश्विन २०८२, आईतवार
गण्डकी मुख्‍य समाचार समाचार

उत्पादकत्व बढाउन नगद अनुदान

गोरखा, २९ साउनः उत्पादकत्व बढाउन धार्चे गाउँपालिकाले किसानलाई नगद अनुदानको व्यवस्था गरेको छ । साथै पालिकाले उत्पादनका आधारमा गत आर्थिक वर्षमा रु चार लाख ६७ हजार ५०० अनुदान वितरण गरेको जनाएको छ ।

गाउँपालिकाको कृषि शाखाप्रमुख अनिल नेपालीका अनुसार उत्पादनका आधारमा व्यक्तिगत एवं समूहगत रूपमा किसानलाई अनुदान वितरण गरिएको हो । अन्न उत्पादन, नगदेबाली, पशुपालन एवं फलफूलखेती गर्नेलाई अनुदान उपलब्ध गराइएको हो ।

नगद अनुदान कार्यक्रमका लागि पाँच कृषि समूह, फलफूल तथा पशुपन्छी फार्म र १० जना किसानलाई प्रदान गरिएको हो ।

अनुदान पाएका किसानले डल्ले खुर्सानी, ड्रागन फ्रुट, मौरीपालन, केराखेती, आलु तथा सुन्तलाखेती गरेका थिए । पालिकाले रु नौ हजारदेखि रु ५१ हजारसम्म अनुदान प्रदान गरेको छ ।

पालिकाले अन्य किसानलाई पनि कृषि कर्ममा अभिप्रेरित गर्न अनुदानको व्यवस्था गरिएको बताउँदै उत्पादकत्व वृद्धिका कार्यक्रममा लाग्न शाखाप्रमुख नेपालीले पालिकाका सबै किसानलाई अनुरोध गरेका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि