८ माघ २०८२, बिहीबार
बागमती मुख्‍य समाचार समाचार

आज संघीय संसद अन्तर्गत चार समितिको बैठक बस्दैँ

काठमाडौं । संघीय संसद अन्तरगत आज चार वटा समितिको बैठक बस्ने भएको छ ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गत अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागिएको हो ।

आज बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहान ११ बजे बस्ने तय भएको छ ।

बिहान ८ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको ५३औं बैठकमा सौर्य एयरलाइन्स एन–एएमई, सीआरजे २०० वायुयान दुर्घटना जाँचबुझको अन्तिम प्रतिवेदन माथि छलफल गरिने भएको छ ।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ः३० बजे बस्दैछ भने बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूचीमा उल्लेख गरिएको छ ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा आज रक्षा मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरुको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयास र समितिसँगको अपेक्षाका बारेमा छलफल हुने कार्यसूची रहेको छ । बैठक भने बिहान ११ बजे बस्दै छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि