१२ फाल्गुन २०८२, मंगलवार
अर्थ मधेश मुख्‍य समाचार

मधेश प्रदेश सरकारद्वारा २०८१/८२ मा अहिलेसम्मकै उच्च आन्तरिक राजश्व संकलन

जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा ५ अर्व ५४ करोड ७२ लाख ३३ हजार रुपैयाँ आन्तरिक राजश्व संकलन गर्न सफल भएको छ । यस अघिका वर्षहरुको तुलनामा यो हालसम्मकै उच्च राजश्व संकलन भएको देखिएको छ ।

विगत वर्षहरूसँग तुलना गर्दा २०८१/८२ मा संकलित रकम सात वर्ष अघिको भन्दा दोब्बरभन्दा बढी भएको अर्थ मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिए । महतोका अनुसार कर प्रशासन सुदृढीकरण, राजस्व चुहावट नियन्त्रण, डिजिटल प्रणालीको विस्तार र आन्तरिक आर्थिक गतिविधि वृद्धिका कारण यो उल्लेखनीय प्रगति सम्भव भएको हो ।

प्रदेश सरकारले आव ०७५/७६ मा २ अर्व ६६ करोड १५ लाख ३६ हजार , आव ०७६/७७ मा २ अर्व ७५ करोड ७२ लाख ४१ हजार, आव ०७७/७८मा १ अर्व ९५ करोड ४८ लाख ५१ हजार आन्तरिक राजश्व संकलन गरेको छ थियो ।

यसैगरि आव ०७८/०७९ मा २ अर्व ८८ करोड ६ लाख ३२ हजार, ०७९/८० मा ३ अर्व ९० करोड २५ लाख २८ हजार र आव २०८०/८१ मा ३ अर्व ५ करोड ९२ लाख ३१ हजार राजश्व संकलन गरेको थियो ।

मधेश प्रदेश सरकारले यस आर्थिक वर्षमा पनि आन्तरिक राजश्व संकलन गर्ने दायरा बढाएको छ ।

थप समाचारहरु

अर्थ

आलु र प्याजको मूल्यमा कर हटाउन व्‍यवसायीको माग

३० जेठ, काठमाडौं। आलु र प्याजमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन थोक व्यवसायीले माग गरेका छन् ।  नेपाल कृषि
अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने