Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

राप्ती सोनारी बाँकेमा निर्माणाधिन अस्पताल केही समयमा सञ्चालनमा आउँदैछ : मन्त्री पौडेल

रातो कागज
1 घण्टा अघि

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले राप्ती सोनारी बाँकेमा १५ शैयाको अस्पताल भवन निर्माण कामको पूरा भई हस्तान्तरण गर्न मात्र बाँकि रहेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा उनले अस्पताल भवन निर्माणको लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट सम्झौता बराबरको पूरा रकम पठाई सकेको भन्दै हस्तान्तरण पछि संचालनमा आउने बताए ।

उनले भने, ‘बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नं. ४  मा राप्ती सोनारी बाँकेमा १५ शैयाको अस्पताल भवन निर्माणको कामको लागि बोलपत्र आह्वान गरिएकोमा सम्झौता रकम १० करोड ३९ लाख ९० हजारमा सम्झौता भई कार्य भएको र आ.व. २०८०।०८१ सम्म कुल खर्च ९ करोड ६३ लाख १३ हजार र चालु आ.व. २०८१।०८२ को कुल निकासा ७६ लाख ७७ हजार गरि आ.व. २०८१।०८२ सम्म यस स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट सम्झौता बराबरको पुरा रकम पठाईएको साथै यस मन्त्रालयलाई प्राप्त जानकारी अनुसार भौतिक प्रगति १००  प्रतिशत रही हस्तान्तरण गर्न बाँकि रहेको र हस्तान्तरण पछि संचालनमा आउने छ । अस्पताल संचालनको

कार्यविधि तयारी भैइरहेको ।’

यस्तै, उनले बाँकेको नरैनापुरमा १५ शैयाको अस्पताल भवन निर्माणको कार्य पनि ९० प्रतिशत पूरा भएको भन्दै मन्त्रालयबाट निकासा गर्न बाकि रकम ०८२÷८३ को बजेटमा समावेश गरिएको बताए ।

उनले भने, ‘त्यसैगरी बाँके जिल्लाको नरैनापुर गाउँपालिका वडा नं. ४ मा  बाँकेको नरैनापुरमा १५ शैयाको अस्पताल भवन निर्माणको कामको लागि बोलपत्र आह्वान गरिएकोमा हनुमान कन्स्ट्रक्सन प्रा.लि ललितपुर–२५ संग २०७८÷१२÷१० गते सम्झौता रकम १६ करोड ५७ लाख ५२ हजारमा सम्झौता भई निर्माण कार्य संचालनमा रहेको र आ.व. २०८०।०८१ सम्म कुल खर्च ९ करोड ९३ लाख १० हजारमा भएको, आ.व. २०८१।०८२ मा विनियोजन रकम ६ करोड १४ लाख १४ हजारमा भएको र हालसम्म सम्झौता रकम अनुसारको १६ करोड ०७ लाख २४ हजार अर्थात् ९७ प्रतिशत रकम मन्त्रालयबाट बिनियोजन गरि सकिएको । साथै आ. व. २०८२÷८३ मा निकासा गर्नु पर्ने बाकि रकम ५० लाख २८ हजार रहेको र बाँकी रकम ०८२÷८३ को बजेटमा समावेश गरिएको । साथै यस मन्त्रालयमा प्राप्त जानकारी अनुसार भौतिक प्रगति ९० प्रतिशत रहेको बुझिएको छ ।’

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया