१२ फाल्गुन २०८२, मंगलवार
बागमती मुख्‍य समाचार समाचार

ब्युटिसियन सुष्माको आफ्नै जीवनमा आधारित ‘तीज आयो’ सार्वजनिक

काठमाडौं । ब्युटिसियन सुष्मा महराको तीज गीत ‘तीज आयो’ सार्वजनिक भएको छ ।

बुधबार काठमाडौंको सिटी सेन्टरमा आयोजित एक कार्यक्रमकाबीच उक्त गीत ‘तीज आयो’ सार्वजनिक गरिएको हो ।

गीत सार्वजनिक पछि नेपाल न्यूज बैंकसँगको कुराकानीमा महराले गीत मार्फत उनले आफ्नो जीवन्त झल्काउने कोशिस गरेको बताईन् । उनले आफ्नै जीवनीमा आधारित भएर गीत लेख्दा बिगतका दिनहरुको याद आई परेलीमा आँसु भरिएको स्मरण गरिन् ।

उनले भनिन्,‘अहिलेको यो प्रस्तुतीमा मैले आफ्नो जीवन्त झल्काएको छु । हजुरहरुले भिडियोमा हेर्नुभयो भने स्पष्ट बुझ्न सक्नुहुने छ । सबैजना मिलेर हेर्नुहोस् । मैले पस्केको गीतमा केही त्रुटी या कमजोरी भए औल्याइदिनुहोला त्यसले मलाई भोलीको दिनमा सुधार्न मद्दत पुग्ने छ । आफ्नै जीवनीमा आधारित भएर गीत लेख्दा ती बिगतका दिनहरु याद आउने रहेछन् । यी दुईटा परेलीमा आँसु भरिँदो रहेछ ।’

सुष्माको आफ्नै शब्द,पुरुषोत्तम न्यौपानेको संगीत,रचना रिमाल र एलिना चौहानको स्वरमा तयार भएको गीतमा सुकुमाया मगर(पियारी) र सुष्मा स्वयम्ले पनि नृत्य गरेकी छिन् । गीतको एरेन्ज केशव बडुले गरेका हुन् ।

फेसियल हाउसको प्रस्तुतिमा तयार भएको गीतको भिडियोको निर्देशन शक्ति प्रज्वल घिमिरेले गरेको छन् भने चक्र बहादुर बरालले छायांकन गरेका हुन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि