५ चैत्र २०८२, बिहीबार
मुख्‍य समाचार समाचार

सरकारको कस्टडिमा समेत व्यक्ति सुरक्षित छैन : सांसद शाह

काठमाडौं । प्रतिपक्षि दल आम जनता पार्टीका सांसद प्रभु शाहले सरकारको कस्टडिमा रहेको व्यक्तिहरु सुरक्षित नभएको बताएका छन् । बुधबार प्रतिनिधी सभाको बैठकमा बोल्दै उनले केहि दिन अघि कैलाली कारागारमा भएको भरत चौधरीको मृत्युको सन्दर्भलाई जोडेर सरकारको कस्टडिमा व्यक्ति सुरक्षित नभएको बताएका हुन् ।

उनले नेपालमा नेताको लुट र भ्रस्टचार मात्र सुरक्षित भएको बताए । उनले सरकारको कस्टडिमा एउटा कैदी बन्दिको हत्या हुन्छ त्यस्को जिम्मा कस्ले लिने भन्दै यस्मा कैदी बन्दि दोषि हो कि सरकारको बेथिती दोषि हो भनेर सरकार सँग प्रश्न गरे ।

सरकारको कस्टडिमा कैदी सुरक्षित नहुनु सामान्य कुरा नभएकाले यस्को जिम्मा सरकारका सम्बन्धित मन्त्रीले लिनुपर्ने उनले बताए ।‘देशमा शान्ति सुरक्षा त कायम भएन भएन अब त कारागार समेत मान्ेछ सुरक्षित भएनन् । सरकारको कस्टडिमा समेत व्यक्ति सुरक्षित नहुने भयो ।

नेपालमा त हामी हेर्दा एउटा मात्र सुरक्षित छ त्यो हो नेताको लुट र भ्रस्टचार । हिजो विरगन्ज कारगारमा समयमा उपचार नपाएर एक जना कैदी राहुल शाहाको मृत्यु भयो । माथिको आदेशको अभावमा ति व्यक्ति हस्पिटल हुँदा हँुदैपनि मृत्युवरण गर्नु पर्यो ।

केहि लिन अधि दुनियालाई लज्जित हुने कैलाली कारागारमा भरत चौधरीको मृत्यु भयो,’ उनले भने ।‘म सोध्न चहान्छु भरत चौधरीको हत्याको जिम्मा कस्ले लिई दिन्छ ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि