१२ फाल्गुन २०८२, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति समाचार

राजेन्द्र लिङ्देनले भेला स्थगित गरेलगत्तै ज्योति लामाको अध्यक्षतामा कार्यसमिति घोषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौँ जिल्ला समिति विभाजित भएको छ ।

आज चाबहिलमा आयोजित जिल्ला अधिवेशनमा दुई पक्षबिच हात हालाहाल भएपछि राप्रपा महामन्त्री डा. धवलशम्शेर राणा निकट समूहले समानान्तर समितिको घोषणा गरेका हुन् ।

सोही क्रममा पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले कुरामा चित्त नबुझेको कुरालाई छलफल गरेर टुङ्गो लगाउन सकिन्छ भन्दै गुन्डागर्दिबाट कुनै पनि कुराको समाधान नहुने बताएका थिए ।

विवाद सामान्य हुने अवस्था नरहेपछि भने उनले अधिवेशन स्थगनको घोषणा पनि गरेका थिए ।

उनले भने, ‘युवाहरु भनेको यो पार्टीको भविष्य हो, यो पार्टीको उत्तराधिकारी हो । तपाईहरु कसैको केटा होईन्, कसैको हतियार होईन । त्यसकारण कसैलाई केही कुरामा चित्त बुझेको छैन् भने बन्दसत्रमा कुरा हुन्छ र छलफल गरेर टुङ्गो लगाउन सकिन्छ तर गुन्डागर्दिबाट कुनै पनि कुराको टुङ्गो लगाउन सकिदैँन् र पाइदैँन् । त्यसकारण सबैजना शान्त भएर यो अधिवेशन प्रक्रियालाई अगाडि बढाउन आग्रह गर्न चहान्छु ।’

उनी कार्यक्रमस्थल छोडेर हिँडेपछि असन्तुष्ट पक्षले ज्योति लामाको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको घोषणा गरेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि