२६ आश्विन २०८२, आईतवार
कोशी मुख्‍य समाचार समाचार

उत्पादनमा आधारित अनुदानले तनहुँका किसान व्यावसायिक पशुपालनमा

तनहुँ २८ साउनः व्यास नगरपालिकाले उत्पादनका आधारमा किसानलाई अनुदान प्रदान गरेपछि यहाँका सर्वसाधारण व्यावसायिक पशुपालनतर्फ आकर्षित भएका छन् ।

किसानलाई प्रोत्साहनस्वरुप सहकारीमार्फत दुध र मासुमा अनुदान दिइएको प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए । दुर्इं हजार ५०० किसानले गाई, दुई हजार जनाले भँैसी र सात हजार ५०० ले बाख्रा पालेका उनले बताए ।

गत आर्थिक वर्षमा किसानलाई दूधमा प्रतिलिटर रु।दुईका दरले रु।४० लाख तीस हजार ६७९ र मासुमा प्रतिकिलो रु।२० का दरले रु।पाँच लाख ४७ हजार सात सय ८६ अनुदान दिइएको छ ।

एक हजार एक सय पच्चीस गाई र छ सय एक्काइस भैसीमा कृत्रिम गर्भाधान गराइएको छ । एक हजार ५३० किसानका २४ हजार १६७ पशुपन्छीको उपचार, बाख्रा स्रोत केन्द्र कार्यक्रमअन्तर्गत तीन वटा बाख्रा फार्म छनौट गरी एक लाख २५ हजारमा खोर निर्माण मर्मत गरिनुका साथै ७९ वटा सहकारी संस्थालाई वर्गीकरण गरिएको उनले बताए।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि