Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

सप्ताहव्यापी गाईजात्राअन्तर्गत पशुपति क्षेत्रमा रोपाइँजात्रा

रातो कागज
15 घण्टा अघि

काठमाडौँ, २८ साउनः गाईजात्रा सप्ताहको तेस्रो दिन मङ्गलबार पशुपति क्षेत्रस्थित जयवागेश्वरी मन्दिर परिसरमा रोपाइँजात्रा सम्पन्न भएको छ ।

सप्ताहव्यापी गाईजात्राको तेस्रो दिन अर्थात् भाद्र कृष्ण तृतीयाका दिन प्रत्येक वर्ष पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिर परिसरमा यो जात्रा हुने गरेको छ । पुरुषले महिलाको भेष धारण गरी खेतालालाई खाजा बाँडेको अभिनय गरिने यो जात्रा हेर्न पशुपति क्षेत्रमा मानिसको घुइँचो हुने गरेको छ ।

यस दिन लोग्ने मानिस एवं केटाकेटीले देउपाटन क्षेत्रमा रोपाइँ गरेको अभिनय गर्दै जात्रा गर्ने गरेको पशुपति क्षेत्र विकास कोषअन्तर्गत अमालकोट कचहरी कार्यालयका द्वारे रामकृष्ण डङ्गोलले जानकारी दिए । घोडचढी मानिसले जात्रामा रौनकता थप्ने गरेका छन् । यो जात्रामा परम्परागत कृषि जीवनको झल्को पाइन्छ । पशुपति क्षेत्रका भकुङ्टोल, जयवागेश्वरी र तिलगङ्गाबाट जात्रा निकालिने किम्बदन्ती चल्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया