५ चैत्र २०८२, बिहीबार
मुख्‍य समाचार समाचार

कर्मचारी खटनपटनमा गृहको कडाईः शाखा अधिकृतसहित दुई कर्मचारीको गैलकट्टी

काठमाण्डौं । गृह मन्त्रालयले खटाएको ठाउँमा नजाने कर्मचारीको मंगलबार गैलकट्टी गरिएको छ । गृहसचिव स्तरको निर्णयबाट एक शाखा अधिकृत र एक जना नायब सुब्बाको गैलकट्टी गरिएको गृह मन्त्रालयले जनाएको छ ।

केही समय यता कर्मचारी खटनपटनमा कडाइ गरिरहेको गृह मन्त्रालयले नायब सुब्बा सुवास पौडेल र शाखा अधिकृत  दिनेश सिवाकोटीको गैलकट्टी गरिएको जनाएको छ ।

नायव सुब्बा पौडेलको गृहबाट जिल्ला प्रशासन कार्यालय गुल्मी सुरुवा भएको थियो । उनी त्यहाँ नगई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सरुवा भएर गएका थिए । मन्त्रायलले पौडेललाई ५१ दिन गैलकटट्ी गरेर रमाना दिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी मन्त्रालयले इलाका प्रशासन कार्यालय चौरझारी रुकुम पश्चिम खटाएका शाखा अधिकृत दिनेश सिवाकोटीको ६१ दिन गैलकट्टी गरेको छ । सिवाकोटी रुकुमपश्चिम नगएर निर्वाचन आयोगमा सरुवा गराएका थिए ।

‘दुवै जना कर्मचारी खटाएका ठाउँमा नगएपछि मन्त्रालयले स्पष्टीकरण समेत सोधेको थियो ।’ गृह मन्त्रालयको प्रशासन महाशाखाका प्रमुख सहसचिव छवि रिजालले भने, ‘स्पष्टीकरण चित्त नबुझेपछि गैलकट्टी गरिएको हो ।’

त्यसैगरी मन्त्रालयले खटाएको कार्यालयमा हाजिर हुन थप ३५ जना कर्मचारीहरुलाई साउन २८ गते (भोली) सम्मको समय दिएको छ । मन्त्रालयले ३५ जना शाखा अधिकृत र एक जना नायव सुब्बा गरी ३५ जनालाई साउन २६ गते तीन दिनको समय दिएर खटाएको कार्यालयमा हाजिर हुन समय दिएको छ ।

‘तोकिएको तीन दिन भित्र तोकिएको ठाउँमा नगए निजामती सेवा ऐन÷नियम अनुसार कारबाही गरिनेछ,’महाशाखा प्रमुख रिजालले भने ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि