२१ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार राजनीति समाचार

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले दिएराजीनामा

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकबाट उनले राजीनामाको घोषणा गरेका हुन् ।

निजामती सेवा विधेयकको कुलिङ पिरियडमा छेडखानी छानबिनकालागि गठित संसदीय समितिको प्रतिवेदनमा जिम्मेवारी भन्ने शब्द प्रयोग गरिएको कारण जिम्मेवारी बोध गर्दै राजीनामाको घोषणा गरे ।
उनले भने, ‘नखाएको विष लाग्दैन तर पदलाई भन्दा प्रश्नलाई माथि राखेर हेरेको छु ।

प्रतिबेदनमा न मलाई दोषि ठहर्याएको छ न राजीनामा उल्लेख गरिएको छ । नत प्रचलित कानुन बमोजिक कारबाहीको सिफारिस गरिएको छ । तर प्रतिवेदनमा जिम्मेवारी भन्ने शब्द प्रयोग गरिएको हुँदा म जिम्मेवारी बोध गर्दै राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिबाट आज हाँसीहासी राजीनामा दिएको घोषणा गर्दछु ।’

उनले आफू सुरुदेखि सरकारी कर्मचारीकालागि कुलिङ पिरियड लागू हुनुपर्छ भन्नेमा अडिग रहेको र भविष्यमा समेत रहिरहने बताए । राज्यव्यवस्था समितिको विधायिकी मनसाय विपरीत विधेयकको प्रतिवेदन तयार भएको बताउँदै उनले प्रतिवेदन लेखन कार्यमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र संघीय मामिला मन्त्रालयका कर्मचारीहरू संलग्न रहेको बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि