रातो कागज

काठमाडौं । म्याक्सिम्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसेस र नेपाली महिला फुटबल टोलीकी कप्तान सबित्रा भण्डारी ’साम्बा’को ब्रान्ड एम्बेसडर हस्ताक्षर भएको छ ।
मंगलबार पत्रकार सम्मेलन गर्दै म्याक्सिम्याक्सले म्याक्सिम्याक्स संस्थाको ब्रान्ड एम्बासडर ’साम्बा’ सँग तीन वर्षका लागि सम्झौता गरेको बताएको हो ।
साम्बाले गत वर्ष फ्रान्सको प्रिमियर लिगमा गुइनगाम्पबाट खेल खेलेको जनकारी गराँउदै अव छिट्टै नै अस्ट्रेलियाको प्रिमियर लिगमा वेलिङटन फोनिक्सबाट सहभापग हुने आयोजकको भनाइ छ ।
नेपाली राष्ट्रिय टोलीबाट ६० खेलमा ६६ गोल गरेकी सावित्रालाई म्याक्सीम्याक्ससँग जोड्न पाँउदा उत्साहित रहेको आयोजकको भनाइ छ ।
संयुक्त प्रेस विज्ञप्ति
म्याक्सिम्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसेस र नेपाली महिला फुटबल टोलीकी कप्तान सबित्रा भण्डारी ’साम्बा’ को ब्रान्ड एम्बेसडर हस्ताक्षर समारोहमा सहभागी हुन आउनु हुने सबैलाई हार्दिक स्वागत गर्दछौ । नेपाली राष्ट्रिय टोलीबाट ६० खेलमा ६६ गोल गर्नु भएका सावित्रालाई म्याक्सीम्याक्ससँग जोड्न पाउदा हामी निकै उत्साहित छौं ।
नेपाल एपीएफ क्लबबाट खेल सुरु गर्नु भएका साम्बाले इन्डियन वुमन्स लिगमा सेथु एफसी, गोकुलम केरलाबाट खेलिसक्नु भएको छ । २०२२–२३ मा गोकुलमलाई इन्डियन वुमन्स लिगको उपाधि दिलाउदा १० खेलमा ३१ गोल गर्नु भएको थियो, जुन एउटा कीर्तिमान पनि हो ।
त्यसबाहेक साम्बाले इजरायलको होपोइल रानानाबाट पनि खेलिसक्नु भएको छ । गत वर्ष उहाँले फ्रान्सको प्रिमियर लिगमा गुइनगाम्पबाट खेल्नु भएको थियो । अव छिट्टै नै अस्ट्रेलियाको प्रिमियर लिगमा वेलिङटन फोनिक्सबाट खेल्नु हुनेछ । हामी ’साम्बा’ ले न्यूजील्यान्डको वेलिङ्टन फिनिक्सका लागि व्यवसायिक सम्झौता गर्नुभएकोमा बधाई साथै अष्ट्रेलियाको शीर्ष डिभिजन लिगमा आगामी सिजनका लागि शुभकामना दिन चाहन्छौं । म्याक्सिम्याक्सले संस्थाको ब्रान्ड एम्बासडर ’साम्बा’ सँग ३ वर्षका लागि सम्झौता गरेको छ। खेलकुद र विशेष गरी फुटबलबाट सफलताको शिखरमा पुग्नुभएकी ’साम्बा’ नेपाली युवाहरूका लागि प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ । युवाहरूलाई आफ्नो सपना पछ्याउन र विश्वभर अवसर खोज्न प्रोत्साहित गर्ने यही भावना म्याक्सिम्याक्स एजुकेशन एन्ड माइग्रेशन सर्भिसेजको पनि हो–जहाँ हामी तपाईंलाई अध्ययन, करियर र भविष्यका लागि सही मार्गदर्शन प्रदान गर्छौं ।
अष्ट्रेलियाको मेलबर्नमा मुख्य कार्यालय रहेको म्याक्सिम्याक्स एजुकेशन अष्ट्रेलियामा विभिन्न सामाजिक, सांस्कृतिक र खेलकुद गतिविधिहरूमा सक्रिय रूपमा संलग्न रहेको छ । नेपालमा ललितपुरको कुमारीपाटी, चितवनको पर्सा र पोखराको चिप्लेढुंगामा म्याक्सीम्याक्सका शाखा रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया