Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

हुलाक, रासस, गोरखापत्र, रेडियो नेपाललगायतका संस्था लेउ लागेजस्ता भए’

रातो कागज
3 घण्टा अघि

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले कुनैपनि संस्था गतिशिल हुन सकेन भने त्यसले प्रगती गर्न नसक्ने बताएका छन्  ।

मंगलबार काठमाडौंमा आयोजित गोश्वारा हुलाक कार्यालयको वार्षिक समिक्षा गोष्ठीमा उनले संस्था भनेको बगेको खोला जस्तो गतिशिल हुनुपर्ने भन्दै जमेर लेउ लागेको संस्थाले कहिले पनि प्रगती गर्न नसक्ने बताए ।

उनले भने, ‘रेडियो नेपालमा गयो भने त्यहाँको कर्मचारीहरुको औसत उमेर नै ५५ देखि छ । यति धेरै वर्ष भयो कोही मान्छे जन्मेन होला, जन्मेको भए नयाँ मान्छे किन छैन् त रेडियो नेपालमा ? यसो भनिरहँदा त्यहाँ नयाँ भर्ना प्रक्रिया नै भएन । । थाकेका रिटाएर हुन लागेका मान्छेहरुको मात्र जमात भएको संस्थाले कसरी सजीवन प्राप्त गर्न सक्छ ? संस्था भनेको बगेको खोला जस्तो हुनुपर्छ, गतिशिल भइरह्यो भने मात्र काम दिन्छ । जमेर बसेको छ भने लेउ लागेर बस्छ । लेउ लागेको संस्थाले कहिले पनि प्रगती गर्दैन् ।’

यस्तै, उनले सबै सरकारी स्वामित्वको निकायहरुको अवस्था एउटै भएको भन्दै यसलाई सुधार गर्नुपर्ने बताए ।

उनले भने, ‘म धेरै ठाँउमा जान्छु सबैको अवस्था त्यस्तै छ । टेलिकमिनिकेशनको अवस्था त्यस्तै छ । रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र सबैको हालत एउटै छ । गोरखापत्र त बाँडेर खाने मात्र हो । सरकारी स्वामित्वको भएको हुनाले सरकारी कामको विज्ञापनको जिम्मा उसले पाउने भएर मात्र चलेको हो । आफैं मेहेनत गरेर होइन् । हुलाकको हालत यस्तै छ, राससको पनि त्यही नै हो । हुलाकको लागि तपाईहरुले आफ्नो कुरियर सेवालाई व्यापक पार्नुहोस । यसमा धेरै सम्भावना देखेको छु ।’

नयाँ परिस्थिति अनुसार नयाँ नीति आवश्यक भएको हुनाले हुलाकको लागि यो वर्ष नयाँ नीति ल्याउन लागेको पनि उनको भनाइ छ ।

उनले भने, ‘कुनैपनि संस्थाको विकासको लागि पहिलो कुरा त्यसको नीतिले संस्थाको उद्देश्य, लक्ष्य, कार्यक्रमहरु निर्धारण गरेको हुनुपर्छ । नयाँ परिस्थिती अनुसार नयाँ नीति आवश्यक हुन्छ । हुलाकको अहिलेसम्म नयाँ नीति छैन्, त्यसकारण यो वर्ष हुलाकको नीति ल्याउँदैछौं । नीति मात्र होइन नयाँ कानून बनाउदैँ छौ । त्यसकारण सुधारको सुरुवात नै नीतिबाट हुन्छ । पुनसंरचित संस्थाको लागि नीतिमा सुधार पहिलो कुरा हो ।’

उनले सामान्य अनुसन्धानको आधारमा हुलाकको पुनसंरचना भएको हुनाले पुनसंरचित हुलाकलाई कसरी व्यवस्थापन गर्ने कुरा पहिलो काम भएको पनि बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया