१५ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

उज्यालो युवा क्लबद्वारा सामाजिक सेवा : विद्यालय जाने बाटो मर्मत

सल्यान । सल्यानको दार्मा गाउँपालिका–५ बछेलाबाट सञ्चालित उज्यालो युवा क्लबले सामाजिक कार्यमा अग्रसरता देखाएको छ ।

क्लबले वर्षाका कारण विद्यालय जाने बाटो बिग्रेको र विद्यार्थीहरुलाई विद्यालय आउजाउमा समस्या भएपछि बाटो मर्मत गरेको हो । बर्खाको समयमा हिलो र झाडिले ढाकेको उक्त बाटोका कारण बालबालिकालाई विद्यालय आउजाउ गर्न निकै कठिनाइ भइरहेको थियो। बाटोको अवस्था बिग्रिए पनि स्थानीय अभिभावकहरूले चासो नदिएको गुनासो सुनिएपछी मर्मत गरिएको क्लबका अध्यक्ष दिपेश खड्काले जानकारी दिए ।

क्लबका सचिव घनराज खड्का र आफू मिलेर बिदामा घर फर्किएका बेला विद्यार्थीको समस्या सुनेपछि बाटो मर्मतको काम अगाडी बढाएको बताए । उनीहरूले बाटो सम्याउने, पानीको निकास मिलाउने र हिलो हटाउने कार्य गरेका थिए।

बाटो मर्मतपश्चात विद्यार्थीहरूसँग कुरा गर्दै क्लबका अध्यक्ष दिपेश विकले आगामी दिनमा पनि यस्तै समस्या आएमा आफुहरुलाई सम्झन आग्रह गरे ।
उक्त कार्यबाट विद्यार्थीहरू उत्साहित हुँदै क्लबप्रति आभार व्यक्त गरे। क्लबले सामाजिक जिम्मेवारीप्रति प्रतिबद्धता जनाउँदै “परिवर्तन सम्भव रहेको र त्यसको लागि मैदानमा सबै आउनुपर्ने बताएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि