रातो कागज

काठमाडौँ, २५ साउनः उपन्यासकार राजेन्द्र वाग्लेले लेख्नुभएको उपन्यास अन्तिम छाल’ सार्वजनिक भएको छ ।
साहित्यक पत्रकार सङ्घको आयोजना र भुँडीपुराण प्रकाशन सहआयोजनामा आज उक्त कृतिको पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वरप्रसाद खतिवडा, वरिष्ठ समालोचक प्रमोदप्रधान, अभिनेता सरोज खनालले संयुक्तरुपमा सार्वजनिक गरेका हुन् ।
पूर्वप्रधानन्यायाधीश कार्कीले उपन्यासमा आम जनताले न्यायापालिकाले गर्ने काम, न्यायाधीशको जीवनशैली र उपन्यासकारले २५ वर्षको न्याय क्षेत्रमा बिताएका अनुभव र भावनालाई सिर्जनामा समेटिएको बताए ।
न्याय दिने संस्था अपरिहार्य छ, न्यायको अन्तिम आशाको केन्द्रविन्दु न्यायालय नै हो”, उनले भने, न्यायालयका कुरा आम जनतामा ल्याउनु पनि साहसको विषय हो, जुन वाग्लेले गरे ।
न्यायालय प्राविधिक क्षेत्रको भएको उल्लेख गर्दै पूर्वप्रधानन्यायाधीश कार्कीले भने, न्यायाधीशको आँखाले न्यायलाई हेर्छु भन्दा महाअभियोग लाग्छ, महाअभियोग लगाउने धम्की आउँछ, राम्रो काम गर्छु भन्दा पनि कठिन छ । उपन्यासमा सरल भाषाशैली, सान्दार्भिक उखान टुक्काको प्रयोग गरिएको र राम्रा शब्द चयन गरिएको उनको भनाइ थियो ।
न्यायाधीश खतिवडाले उपन्यासमा न्यायिक क्षेत्रको सिङ्गो जीवन समेटिएको र जीवनका उकाली, ओराली, हाँसो, पीडा सबै समेटिएकाले जीवन्त भएको बताए ।
उपन्यासमा ६० प्रतिशत वास्तविकता र ४० प्रतिशत काल्पनिक छ”, उहाँले भन्नुभयो, “सौरव भन्ने मूल पात्रले न्यायालयमा प्रवेश गर्छ, इमान्दर भएर काम गर्छ, तर अन्तिममा महाअभियोग लगाइन्छ । उनले उपन्यास मिठा शब्द र उत्कृष्ट भाषाको प्रयोग लेखिएको राम्रो कृति भएको बताए ।
शारदा मासिकका सम्पादक बिमल रोक्काले उपन्यास पढ्नका लागि निकै उपयोगी र जीवन्त भएको बताए । अभिनेता खनालले न्यायका लागि मानिसहरु न्यायालय जानैपर्ने र न्यायलयभित्र कस्तो कस्तो अभ्यास भइरहेको छ भन्ने कुरा कृतिमा प्रष्ट भएको बताए ।
वरिष्ठ समालोचक प्रधानले उपन्यासको माध्यमबाट जीवनमा सम्झन र बिर्सन लागक घटनाहरुको सङ्गालो प्रस्तुत गरेको र न्यायसँग सम्बन्धित लेखनीय पाटो सुन्दर भएको अनुभव सुनाए ।
उपन्यासकार वाग्लेले आफूले न्यायालयमा २५ वर्ष बिताउँदाका अनुभवलाई कृतिमार्फत बाहिर ल्याउने प्रयास गरेको जानकारी गराए । साहित्यक पत्रकार सङघका अध्यक्ष राधेश्याम लेकालीले न्याय पाउनका लागि विश्सनीय र अन्तिम स्थान न्यायालय भएको र त्यसको महत्व उपन्यास पाउन सकिने भनाइ राखे।
फेसबुकबाट तपाईको प्रतिक्रिया