८ माघ २०८२, बिहीबार
बागमती मुख्‍य समाचार समाचार

आइएमई मोर्टसले ९ महिनामै ग¥यो २ अर्ब २१ करोडको व्यापार

काठमाडौं , नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको कम्पनी आइएमई मोर्टसले आर्थिक वर्ष २०२५ को ९ महिनामै २ अर्ब २१ करोड रुपैयाँ बरारको व्यापार गरेको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले गरेको रेटिङ अनुसार कम्पनीले उक्त व्यापार गरेको देखिएको हो । कम्पनीले तीन अर्ब २५ करोड रुपैयाँ बैंकिङ कर्जा प्रयोजनमा लागि रेटिङ गराएको हो ।

कम्पनीले यसअघि आव २०२४ मा दुई अर्ब ३४ करोड, आव २०२३ मा एक अर्ब ७५ करोड र आव तीन अर्ब १४ करोड रुपैयाँ बढीको व्यापार गरेको थियो ।

साथै, कम्पनीले २०२२ मा दुई अर्ब ३७ करोड र आव २०२१ मा एक अर्ब ८३ करोड रुपैयाँ बढीको कारोबार गरेको थियो । यो कम्पनी भारतको हिन्दुजा समूहको कमर्सियल भेहिकल अशोक लेल्याण्डका लागि नेपालको आधिकारिक वितरण कम्पनीको रुपमा रहेको छ ।

कम्पनीले अशोक लेल्याण्डका सम्पूर्ण कमर्सियल भेहिकल (सिभी) मा बस, इन्टरमिडिएट कमर्सियल भेहिकल्स (आइसिभिएस), लाइट कमर्सियल भेहिकल्स (एलसिभिएस्), मिडियम  कमर्सियल भेहिकल्स (एमसिभिएस), ट्रक र टिपरहरू नेपाल आयात गरेर व्यापार गर्छ ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि