८ माघ २०८२, बिहीबार
बागमती मुख्‍य समाचार समाचार

‘फौजदारी कानुन र फौजदारी न्याय’ पुस्तक सार्वजनिक

भक्तपुर, २५ साउनः प्रा डा रञ्जितभक्त प्रधानाङ्ग र सोमकान्ता भण्डारीद्वारा संयुक्त रूपमा लिखित ‘फौजदारी कानुन र फौजदारी न्याय’ पुस्तक विमोचन गरिएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले संयुक्त रूपमा उक्त पुस्तक विमोचन गरेका हुन् ।

सो अवसरमा संविधान र कानुनलाई राज्यले पालना गराउन सके जनताले न्याय पाउने अध्यक्ष बिजुक्छेँ बताए । पुस्तकले फौजादारी कानुन र न्यायका विषयमा चिरफार गरेको उल्लेख गर्दै उनले पुस्तकमा प्रकाशित लेखले समाजलाई कानुनी बाटोमा डोहोर्याउन मद्दत पुग्ने बताए । राजनीतिक आडमा कानुन मिच्ने प्रवृत्ति बढ्दै गएकामा उनले चिन्ता व्यक्त गरे ।

लेखक प्रधानाङ्गले २०५९ देखि २०७७ सालसम्म लेखिएका लेखको सँगालो उक्त पुस्तक हो । कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेल, उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्ज का निर्मला शाक्य, भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाधीश वासुदेव नेपाल, नेपाल बार एसोसिएसनका अध्यक्ष विजय प्रसाद मिश्र, पुस्तक प्रकाशन गर्ने ‘पैरबी बुक हाउस’का अध्यक्ष अधिवक्ता चन्द्र शिवाकोटी लगायतले पुस्तकका विविध पक्षबारे चर्चा गरेका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि