रातो कागज

काठमाडौँ । अभिनेता आर्यन सिग्देलकी भाञ्जी आर्हीले अङ्ग्रेजी भाषाको गीत ‘टक्सिक ट्रुथ’ सार्वजनिक गरेकी छन् । अष्ट्रेलियामा बसोबास गर्ने आर्हीले यही गीतमार्फत साङ्गीतिक क्षेत्रमा प्रवेश गरेकी हुन् ।
गीतको शीर्षक ‘टक्सिक ट्रुथ’ राखिएको छ, जसको लेखन आर्ही र म्यागी एल बान्र्सले गरेका छन् भने सङ्गीत फोसिल र नेप्सेकले तयार पारेका छन् । गीतमा डार्क–पप, हिप–हप र नेपालीरएसियाली सङ्गीतको प्रभाव समेटिएको गायिका आर्हीले बताइन् ।
टक्सिक ट्रुथ विभिन्न भावनाको मिश्रण हो । यो गीत मैले त्यतिबेला लेखेँ, जब म एकैचोटि धेरै फरक भावनाहरू महसुस गरिरहेकी थिएँ । गीतमा स्वाभाविक रूपमा यी भावनाहरूलाई प्रतिनिधित्व गर्ने तत्वहरू समावेश छन् । यसले विषाक्त सम्बन्धको कथा भन्छ, जहाँ कसैलाई देखाइने भावनाहरू सधैँ साँचो हुँदैनन्, किनभने त्यहाँ गहिरो र विषाक्त सत्य लुकेको हुन सक्छ’, उनले भनिन् ।
बाल्यकालदेखि नै गीतसङ्गीतप्रति लगाव रहेको बताउँदै आर्हीले गायनमा रुचि बढेको स्मरण गरिन् । उनले भनिन्,‘बाल्यकालमा गीत गुनगुनाउँदा गायनलाई निरन्तरता दिन सुझाव प्राप्त भएको थियो । मेरो जीवनको हरेक अवस्थामा एउटा गीतले साथ दिएको छ । गीतसङ्गीतको यही पक्षले मलाई यो पेशामा अगाडि बढ्न प्रेरित गरेको छ ।’
‘टक्सिक ट्रुथ’ मार्फत साङ्गीतिक यात्रा सुरु गरेकी आर्हीले सङ्गीत र कलाप्रति आफ्नो लगाव कहिल्यै कम नहुने बताइन् । उनले थपिन्,‘अवसर प्राप्त भएमा नेपाली गीत गाउनुका साथै नेपाली परियोजनाहरूमा सहभागी हुने छु । नेपाली गीतसङ््गीतले मेरो जीवनमा महत्त्वपूर्ण भूमिका खेलेको छ । सङ्गीतमार्फत नेपाललाई अन्तर्राष्ट्रियमञ्चमा पु¥याउनु मेरो सपना हो ।’
गीतको भिडियोमा आर्ही स्वयम् फिचर्ड छिन् । भिएफएक्सको भरपूर प्रयोग गरिएको यो भिडियोलाई दीपेन्द्र केसीले निर्देशन गरेका छन् । एक दशकअघि भिडियो निर्देशनमा सक्रिय दीपेन्द्र पछिल्लो समय डकुमेन्ट्री निर्देशनमा व्यस्त छन् । निर्देशक केसीले भिडियोमा इन्स्टलेशन आर्टको प्रयोग गरिएको बताए ।
उनले भने,‘गीत सुनेपछि यो इन्स्टलेशन आर्टको माध्यमबाट प्रस्तुत गर्न सकिन्छ भन्ने लाग्यो । यो त्रि–आयामिक कला शैली हो, जसले दर्शकलाई कलाकृति भित्रको वातावरणमा प्रवेश गराएर अनुभव प्रदान गर्छ ।
इन्स्टलेशन आर्टले दर्शकलाई केवल हेर्ने मात्र नभई कला भित्र प्रवेश गरेर अनुभूत गर्न प्रेरित गर्छ, जसले भावनात्मक, बौद्धिक, वा सामाजिक सन्देश प्रवाह गर्छ । भिडियोमा प्रयोग भएको भिएफएक्सको प्रशंसा भएको छ, जसलाई हाम्रो टिमले निकै मेहनतले तयार गरेको हो ।’
भिडियोको क्रिएटिभ निर्देशन दिनेशजंग राणाले गरेका छन् भने छायाङ्कन विनोद श्रेष्ठले गरेका हुन् । भिडियोको पोस्ट प्रोडक्सन पोस्ट प्रोमा सम्पन्न भएको छ । उक्त भिडिओलाई आर्हीकै युट्युबबाट सार्वजनिक गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया