Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

गाईजात्राले भेदभावलाई ओझेलमा पार्दै एउटै उत्सवको घेरामा ल्याउछ : सभामुख घिमिरे

रातो कागज
2 घण्टा अघि

काठमाडौं । सभामुख देवराज घिमिरेले गाईजात्राले जात, धर्म, वर्ग र पृष्ठभूमिको भेदभावलाई ओझेलमा पार्दै सबैलाई एउटै उत्सवको घेरामा ल्याउने बताएका छन् ।

आइतबार गाईजात्रा पर्वको शुभकामना दिँदै उनले हाँसो र व्यङ्ग्यको प्रयोग केवल मनोरञ्जनका लागि मात्र होइन, समाजका विकृति र विसङ्गतिहरूलाई सौम्य रूपमा औँल्याउने माध्यम पनि भएको बताए ।

उनले भने,‘सामाजिक सद्भाव यसको अर्को महत्त्वपूर्ण पक्ष हो, गाईजात्राले जात, धर्म, वर्ग र पृष्ठभूमिको भेदभावलाई ओझेलमा पार्दै सबैलाई एउटै उत्सवको घेरामा ल्याउँछ । हाँसो र व्यङ्ग्यको प्रयोग केवल मनोरञ्जनका लागि मात्र होइन, समाजका विकृति र विसङ्गतिहरूलाई सौम्य रूपमा औँल्याउने माध्यम पनि हो ।’

उनले यस्ता सांस्कृतिक अभिव्यक्तिहरूले शोकग्रस्त परिवारलाई सान्त्वना दिनेमात्र नभई हाम्रो समाजमा स्वतन्त्र सोच र सांस्कृतिक सृजनशीलताको महत्त्वलाई पनि उजागर गरेको पनि बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया