२६ आश्विन २०८२, आईतवार
मधेश मुख्‍य समाचार समाज

बलरा नगरपालिकामा आज शोक बिदा

रौतहट । सर्लाहीको बलरा नगरपालिकाले  कार्यपालिका सदस्यको निधनमा आज ( आइतबार) एक दिनका लागि शोक बिदा दिएको छ ।

बलरा नगरपालिकाका प्रमुख रामाशंकरप्रसाद कुशावाहाले सूचना जारी गर्दै आज एक दिन नगरपालिका, वडा कार्यालयसहित मातहतका सम्पूर्ण कार्यालय बन्द रहने जानकारी दिएका छन् ।

मोटरसाइकलले ठक्कर दिँदा बलरा नगरपालिका ११ छतौनाकी दलित वडा सदस्य चन्दा देवी बैठाको शुक्रबार निधन भएको थियो ।

नगर प्रमुख  कुशावाहाले वडा सदस्य बैठाको निधन प्रति  दुःख व्यक्त गर्दै नगरपालिकाभित्र बिदा दिइएको हो । ५५ वर्षीया चन्दा देवीको  गाउँमै मोटरसाइकलको ठक्करबाट निधन भएको र घटनाका बारेमा आवश्यक अनुसन्धान भै रहेको सर्लाही प्रहरीले जानकारी दिएको छ ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व