Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

देशकै सबैभन्दा लामो कर्णाली (गेरुवा) पुलमा राष्ट्रिय झन्डाको अपमान, बर्षौदेखी च्यातिएकै झन्डा फहरिदैँ

रातो कागज
3 घण्टा अघि

बर्दिया । बर्दियाको कोठियाघाटस्थित कर्णालीको भँगालो गेरुवा नदीमा निर्मित मुलुककै सबैभन्दा लामो पुल सञ्चालनमा आएको पनि एक दशक भन्दा बढी समय भएको छ । राजापुर नगरपालिकाको प्रवेशद्वारका रूपमा रहेको कोठियाघाटमा निर्मित यो पुलको लम्बाई १ हजार १५ मिटर लामो छ । यो पुल लक्ष्यभन्दा नौ महिना महिना अगाडी नै निर्माण भई सञ्चालनमा आएका थियो ।

नेपालकै सबैभन्दा लामो पुल त्यसमा पनि तोकिएको समयभन्दा एक बर्ष अगावै निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि चारैतिर चर्चा बटुलेको थियो । अहिले पनि पुलको अवलोकन गर्नेहरुको भिड नै लाग्ने गर्दछ । पुलबाट ओहोर–दोहोर गर्ने जोकोही पनि पुलमा फोटो खिच्ने, टिकटक बनाउने, रिल्स बनाउने, युट्यब कन्टेन्ट बनाउनेहरुको भिड नै लाग्ने गर्छन् ।

राष्ट्रिय झन्डाको अपमान

कर्णाली (गेरुवा) पुल सडक विभागअन्तर्गत करिब १ अर्ब लगानीमा निर्माण सम्पन्न भएको हो । पुल निर्माणपछि राजापुर क्षेत्रका करिब २ लाख जनता लाभान्वित भएका छन् । संघीय सरकारको लगानीमा पुल बनेपनि संरक्षणको जिम्मा भने स्थानीय तहकै हुन्छ । कोठीयाघाटको पुल राजापुर नगरपालीकामा पर्ने भएकाले संरक्षणको जिम्मा पनि सोही नगरपालीकाको हो । तर बिडम्बना स्थानीय तहको इज्जत प्रतिष्ठासँग जोडिएको विषयमा पनि कुनै चासो नै देखाएको छैन् ।

कस्तो बिडम्बना, पुलमा टाँगिएका नेपालको राष्ट्रिय झन्डा बषादेखी नफेरिदा कुनै च्यातिएको अबस्था छन् भने कुनै जमिनतिर निहुँरिएका छन् त कुनै पोलमै टाँसिएर बसेका छन् । राष्ट्रिय झन्डाको कन्त विजोगको दृश्यले स्थानीय सरकारलाई गिज्याइरहेको छ । नगरको समृद्धि र सुशासनको गफ लडाउने नगरप्रमुख यहीँ सडकबाट पटक पटक ओहोर दोहोर गर्छन् तर अहिलेसम्म पोलमा भएका झन्डातिर नजर नै पुगेको छैन् । बर्षौदेखी आफ्नै नगरमा पर्ने नेपालकै सबैभन्दा लामो (कर्णाली (गेरुवा) पुलमा राखिएका नेपालको राष्ट्रिय झन्डा पनि फेर्न नसक्नु त्यो भन्दा लज्जाको विषय अरु के नै हुन सक्छ ।

पुलमा पुगेर त्यहीँ च्यातिका झन्डा अगाडी हजारौंले टिकटक, फेसबुक रिल्स, युट्युब कन्टेन्ट बनाएर पोस्ट्याउछन्, जुन भिडियो लाखौं करोडौंले हेर्छन् । उक्त भिडियोले नगरपालीकालाई गिज्याईरहेको भएपनि देखेर पनि नदेखेझैं गरेर बसेका छन् जनप्रतिनिधिहरु । लाखौं बजेट छुट्याउनुपर्ने पनि होईन, समान्य खर्चमा गर्न सकिने काम पनि टुलुटुलु हेर्न बाहेक केही गर्न सकेको छैन् ।

गैरजिम्मेबार जनप्रतिनिधि

यो विषयमा बुझ्न हामीले राजापुर नगरपालीकाका मेयर दिपेश थारुलाई सम्पर्क गर्न खोजेका थियौं तर उनको फोन नै लागेन् । मेयरको फोन नलागेपछि हामीले उपमेयर मनकला कुमारी चौधरीलाई सम्पर्क गर्ने प्रयास गर्यौ तर उममेयरको फोन स्विच अफ थियो । जनप्रतिनिधिसँग सम्पर्क नभएपछि हामीले नगरपालीकाका सुचना अधिकारी बसन्त मल्लसँग कुराकानी गरेका थियौं । मल्लले कोठिया घाटको पुलमा भएको झन्डा च्यातिएको बिषयमा अनविज्ञता प्रकट गरे । उनले पुलमा भएका झन्डा नगरपालीकाले नराखेको बताउँदै च्यातिएका भए फेर्नुपर्नेमा सहमति जनाए ।

०६७ कात्तिक १६ गतेदेखि निर्माण सुरु गरिएको पुल ०७२ असार मसान्तभित्र पूरा गर्ने सम्झौता थियो । लक्ष्यभन्दा निकै तीव्र गतिमा काम सम्पन्न भई तोकिएको समयभन्दा नौ महिना अगावै ०७१ भदौ मसान्तमा पुल निर्माण सम्पन्न भएको थियो । सदरमुकाम गुलरियाबाट २५ किलोमिटर पश्चिममा बनेको पुलको चौडाइ ९ मिटर १० सेन्टिमिटर डबल लेनको फुटपाथसमेत छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया