Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

धवलागिरिमा पहिलोपटक प्राविधिक शिक्षा पठनपाठन हुने

रातो कागज
3 घण्टा अघि

बलेवा बागलुङ, २२ साउनः धवलागिरि बहुमुखी क्याम्पस बागलुङले पहिलोपटक प्राविधिक विषयमा पठनपाठन सुरु गरेको छ । व्यवस्थापन सङ्कायतर्फ त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसहरूमा सर्वोत्कृष्ट बनेको क्याम्पसले यसवर्षदेखि प्राविधिक विषयमा पठनपाठन थाल्ने भएको हो ।

स्नातक तहमा यसै शैक्षिक सत्रदेखि प्राविधिक विषयको पठनपाठन सुरु भएको कार्यक्रम संयोजक शिव पौडेलले बताए । उनका अनुसार साबिकको धौलागिरि क्षेत्रका चार जिल्लामा रहेका क्याम्पसमध्ये बिआइसिटिई कक्षा सञ्चालन गर्ने धवलागिरि पहिलो क्याम्पस हो । २१औँ शताब्दीको शिक्षक बन्ने विद्यार्थीको चाहना पूरा गर्ने, प्रविधि र शिक्षा दुवैमा दक्ष बनाउने अभियान अन्तर्गत प्राविधिक विषयमा पठनपाठन सुरु गरिएको पौडेलले बताए । बिआइसिटिई कार्यक्रमले शिक्षणसँगै आवश्यक तथ्याङ्क विश्लेषणमा नविनतम् प्रविधिको प्रयोग गर्नसक्ने जनशक्ति तयार हुने उनले विश्वास व्यक्त गरे । ‘डिजिटल’ युगमा अत्यावश्यक सुरक्षा सीप र नेटवर्क व्यवस्थापनमा दक्ष जनशक्तिको उत्पादन धवलागिरिमा हुने उनले दाबी गरे ।

बिआइसिटिई पढेका विद्यार्थी सरकारी तथा गैरसरकारी संस्थामा रोजगारीका लागि तयार हुनाका साथै स्वरोजगार समेत बन्न सक्ने भएकाले यसको माग बढेको उहाँले बताए । उनका अनुसार क्याम्पसले विद्यार्थी र समयको मागलाई ध्यान दिएर प्राविधिक विषय पढाउन थालेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया