२६ आश्विन २०८२, आईतवार
गण्डकी मुख्‍य समाचार समाचार

बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी, २३ साउनः म्याग्दीको उत्तरी क्षेत्र हुदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा खसेको पहिरोका कारण आज बिहानैदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक विशाल दर्जीले जानकारी दिए । सडक खुलाउने प्रयास भइरहेको उहाँले बताए। निरन्तर पहिरो खसेकाले सडक खुुलाउन समस्या भएको छ ।

सडक अवरुद्ध हुँदा मुस्ताङ र म्याग्दीको अन्नपूर्ण गाउँपालिकासँगको सिधा यातायात अवरुद्ध भएको छ । प्रतिकुल मौसमका कारण पोखरा–जोमसोम हवाई सेवा पनि बन्द छ । स्थानीयबासीका साथै मुस्ताङ घुम्न जाने र फर्कने पर्यटक यसबाट प्रभावित भएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि