२६ आश्विन २०८२, आईतवार
गण्डकी मुख्‍य समाचार समाचार

जनप्रिय युवा क्लब मुक्तिनाथ आर्चरी च्याम्पियन

मुस्ताङ, २३ साउन : प्रतियोगिता आयोजक जनप्रिय युवा क्लब पुराङ रानीपौवा ‘ए’ टिम जारी सिजनको खुला यार्तुङ आर्चरी प्रतियोगिता २)८२ को च्याम्पियन बनेको छ ।

आयोजक जनप्रिय युवा क्लब पुराङ रानीपौवाले १५) पूर्णाङ्कमध्ये नौ अङ्क खर्चँदै १४१ अङ्क योगफल जोडेर आर्चरी च्याम्पियन बनेको हो । प्रतियोगितामा मनाङ र मुस्ताङका कूल १६ टिमको सहभागिता थियो । कूल १५ डोरमा खेलाइएको आर्चरी प्रतियोगितामा प्रत्येक टिमबाट पाँचपाँच जना खेलाडीले भाग लिन पाउने व्यवस्था गरिएको थियो ।

यसैगरी यार्तुङ खुला आर्चरी प्रतियोगितामा एनवाइसी मनाङको टोली १३६ अङ्क जोड्दै उपविजेता बनेको छ । यहाँको बारागुङ–५ स्थित शेरधाङ लुम्बुक युथ क्लब फल्याक आर्चरी प्रतियोगितमा तेस्रो स्थान हासिल गरेको छ । फल्याकले निर्धारित १५ डोरमा १३५ अङ्कको योगफल तयार गरेको थियो ।

योसँगै यहाँको मुक्तिनाथमा आयोजित यार्तुङ खुला आर्चरी प्रतियोगिताको च्याम्पियन जनप्रिय युवा क्लब पुराङ रानीपौवाले नगद रु एक लाखसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता एनवाइसी मनाङले नगद रु ६) हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र जितेको छ ।

प्रतियोगितामा तेस्रो बनेको शेरधाङ युथ क्लब फल्याकले नगद रु ३) हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त ग¥यो । यहाँ आयोजित यार्तुङ खुला आर्चरी प्रतियोगितामा सर्वाधिक अङ्क जोड्ने ब्रदर्श युनाइटेडका बुद्धि बुढाथोकी र आर्चरीको सर्वोत्कृष्ट खेलाडी एनवाइसी मनाङका सोनाम लामा घोषित भए ।

आर्चरी प्रतियोगिता र सेभेन ए साइड फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई यहाँको खिङ्गा कन्ट्रक्सन प्रालिले नगद पुरस्कार प्रोयोजन गरेको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि