२९ माघ २०८२, बिहीबार
खेलकुद बागमती मुख्‍य समाचार

आरआरए क्रिकेट सोमबारदेखि सुरु हुँदै

काठमाडौं । रेडियन्ट रिडर्स एकेडेमी, सानेपाको आयोजनामा प्रथम आरआरए रनिङ सिल्ड क्रिकेट प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।

प्रतियोगितामा आयोजकको २ सहित १५ छात्र टिमको सहभागिता रहने आयोजक एकेडेमीका संस्थापक प्रिन्सिपल डीके ढुंगानाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

समूह ‘ए’ मा एलआरआई, डिएभी, संस्कृति र ब्लु बर्ड तथा समूह ‘बी’ मा अपी, ग्यालेक्सी, मनकामना र विश्व निकेतन रहेका छन् । भ्याली पब्लिक, गेट्वे, मोक्षदा र रेडियन्ट ‘बी’ समूह ‘सी’ मा छन् भने बालकुञ्ज, मृगसिरा वल्र्ड स्कुल र रेडियन्ट ‘ए’ समूह ‘डि’ मा रहेका छन् ।

खेल १० ओभरको हुने प्राविधिक प्रमुख रविन्द्र गुप्ताले बताए । एक टिममा १० खेलाडी हुने छन् भने ८ जनाले खेल्न पाउने छन् ।

विजेताले ३० हजार र उपविजेताले १५ हजार नगद पुरस्कार पाउने छन् । प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । चारदिने प्रतियोगिताका खेलहरु आयोजक एकेडेमीको सानेपामै रहेको रेडियन्ट क्रिकेट एकेडेमीमा खेलाइने छ ।

संस्थापक प्रिन्सिपल ढुंगानाले विद्यार्थीलाई खेलकुदको माध्यमबाट पनि अगाडि बढाउन रेडियन्टले खेलकुदको विभिन्न क्षेत्रमा काम गर्दै आएको बताए । उनले प्रतियोगिताले क्रिकेटको प्रवद्र्धनमा थोरै भएपनि सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा प्रतियोगितालाई अझ बृहत रुपमा आयोजना गर्ने योजना रहेको बताए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected