१२ फाल्गुन २०८२, मंगलवार
बागमती मुख्‍य समाचार

फिल्म ‘माग्ने राजा’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली फिल्म ’माग्ने राजा’ को ट्रेलर सार्वजनिक भएको छ ।

बिहीबार काठमाडौंको सिभिल मलमा आयोजित एक कार्यक्रमकाबीच फिल्म ’माग्ने राजा’ को ट्रेलर सार्वजनिक गरिएको हो ।

फिल्ममा नेपाली हास्यव्यङ्ग्य क्षेत्रका लोकप्रिय कलाकार केदार घिमिरे ’माग्ने बुढा’लाई मुख्य  भूमिकामा देख्न सकिन्छ । उनले मुख्य भुमिकामा खेलेको यो पहिलो फिल्मपनि हो । ट्रेलरको मुख्य भागमा पनि केदार घिमिरे नै देखिएका छन् ।

फिल्लमा वर्षा सिवाकोटी, विल्सन विक्रम राई र शिशिर वाङ्देल लगायतको अभिनय रहेको छ । फिल्मको कथा सामीप्यराज तिमल्सेनाले लेखेका हुन् । ऋषि लामिछानेको निर्देशनमा बनेको फिल्म आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो ।  फिल्लमा माग्ने राजालाई धनाढ्य र सामान्य वर्ग दुवै भेषमा देखाइएको छ । बिना मिहेनत पैसा कमाउन नहुने सन्देश यस फिल्ममा दिन खोजीएको छ । फिल्म भदौ ६ गतेदेखि देशभर प्रदर्शनमा आउदैँछ ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको