रातो कागज

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिवार नेप्से १८.३० अंकले बढेको छ । यसदिन नेप्से परिसुचक ०.६४ प्रतिशतले बढेर २८५०.३७ बिन्दुमा पुगेर रोकिएको हो भने कारोबार रकममा पनि सामान्य सुधार भएको छ ।
यस दिन कुल ३१८ स्टकको ८ अर्ब ५३ करोड ७५ लाख ८१ हजार २५४ रुपैयाँ बराबरको २ करोड५४ लाख ३ हजार ५४० कित्ता शेयर कारोबार भएको छ । यसअघि बुधबार ७ अर्ब ६३ करोड १३ लाख ७५ हजार ९५२ रुपैयाँ बराबरको २ करोड १६ लाख ५७ हजार ७०६ कित्ता शेर कारोबार भएको थियो ।
आज सेन्सेटिभ इन्डेक्स २.६१ अंकले बढेको छ । फ्लोट इण्डेक्स १.०६ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.८९ अंकले बढेको छ । यसदिन सिकलेस हाइड्रोपावर लिमिटेड र बरुण हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सिकलेस हाइड्रोपावर लिमिटेडको शेयर मूल्य १०४.९७ रुपैयाँले बढेर प्रतिकित्ता ११७५.४१ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
बरुण हाइड्रोपावरको शेयर मल्य प्रतिकित्ता ३४.८७ रुपैयाँले बढेर ३९१.४१ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै, मकर जितुमाया सुरी हाइड्रोको शेयर मूल्य ४५.६९ रुपैयाँले बढेर प्रतिकित्ता ६४९.७२ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने रिलायबल सम्वृद्धि योजनाको शेयर मूल्य ०.६० रुपैयाँले बढेर ९.८४ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यसदिन उन्नती सहकार्य लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै ८.२६ प्रतिशतले घटेर २४३२.०२ रुपैयाँमा अन्तिम कारोबार भएको छ । समाज लघुवित्तको शेयर मूल्य प्रतिकित्ता ५.४२ प्रतिशतले घटेर २८०५.५३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, सान्भी इनर्जीको शेयर मूल्य २.७१ प्रतिशतले घटेर ७७३.१४ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यसदिन लिबर्टि इनर्जी कम्पनी, सिव्म सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स लिमिटेड, नेपाल रिइन्स्योरेनस लिमिटेड र युनाइटेड मोदि हाइड्रोपावरको शेयर मूल्य सबैभ्न्दा धेरै कारोबार भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया