Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

व्यावसायिक अकबरे खुर्सानीखेती गर्दै किसान

रातो कागज
2 घण्टा अघि

भोजपुर, २२ साउन ःयहाँको पौवादुङमा गाउँपालिका–२ सोसेटारका देउमान राईले व्यावसायिक अकबरे खुर्सानी खेती गरीरहेका छन् । उनले २५ रोपनी क्षेत्रमा खुर्सानी खेती गरेका छन् ।

आठ वर्षअघिदेखि खुर्सानीखेती गरिरहनुभएका राईले यो वर्ष १७ हजार बोट हारहारीमा खुर्सानी रोपेका छन् । “आफ्नै ठाउँमा केही गरौँ भन्ने लक्ष्यका साथ खुर्सानीखेतीमा लागेको छु”, उनले भने, “यो वर्ष २५ रोपनी क्षेत्रमा खुर्सानी विस्तार गरेको छु । युवाहरुमा विदेशप्रतिको मोह बढिरहेको अवस्थामा आफ्नै बारीमा व्यावसायिक रुपमा कृषि कर्म गरिरहेको उनले बताए ।

व्यावसायिक योजनाका आधारमा पौवादुङमा गाउँपालिकाले ५० प्रतिशत अनुदानमा मल्चिङ प्लाष्टिक दिएकाले थप सहज भएको उहाँको भनाइ छ । उहाँले फार्ममा दुई जनालाई रोजगारी समेत दिएका छन् ।

सडकको पहुँच भएकाले उत्पादन भएको खुर्सानी घरबाटै बिक्री गर्न सकिने उहाँले बताए । देउमान मात्र नभएर गाउँपालिकाका अन्य सयौँले खुर्सानी खेती गरिरहेका छन् ।

किसानको व्यावसायिक योजनाका आधारमा आवश्यक सहयोग गरिरहेको पौवादुङमा गाउँपालिकाा अध्यक्ष किरण राईले बताए । गाउँपालिकाले कृषि एम्बलुेन्स खरिद गरेर यहाँ उत्पादन भएका कृषिउपजको बजारीकरण गरिरहेको उनको भनाइ छ ।

खुर्सानीखेती विस्तारका लागि गाउँपालिकाले गत आर्थिक वर्षमा ७५० किसानलाई रु ७० लाख बढीको मल्चिङ प्लाष्टिक लगायतका कृषि सामग्री वितरण गरेको जनाएको छ । गाउँपालिकाले प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेसँगै गत वर्ष खुर्सानीबाट रु १८ करोड हाराहारीमा रकम पौवादुङ्मा भित्रिएको उनले जानकारी दिए ।

यहाँको करिब ५०० हेक्टर क्षेत्रका ८०० किसानले खुर्सानीखेती गरिरहेका छन् । गाउँपालिकाका उपाध्यक्ष ज्योत्सना राईका अनुसार यहाँका किसानले उत्पादन गरेको खुसार्नी स्थानीय बजारसँगै ठेकेदार मार्फत धरान, इटहरी, विराटनगर, काठमाडौँ लगायतका सहरमा पुग्ने गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया