Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

रिभर फल्स पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम

रातो कागज
3 घण्टा अघि

काठमाडौं । रिभर फल्स पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले शतप्रतिशत अर्थात ७० करोड रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका ७० लाख कित्ता हकप्रद जारी गर्न लागेको हो । यसका लागि कम्पनीले साउन २६ गते एक दिनका लागि बुक क्लोज गर्दैछ ।

आजसम्म नेप्सेमा कायम हुने शेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुने छन् ।  साउन २३ र २४ गते शुक्रबार र शनिबार भएकाले शेयर कारोबा हुँदैन भने साउन २५ गते पनि गाईजात्राको अवसरमा सावर्जनिक विदा परेकाले कम्पनीले आज सम्मका लागि हकप्रद सुरक्षित गर्ने समय दिएको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्कासन गर्न गत साउन ९ गते अनुमति प्राएको थियो । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया