Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

भाषा आयोगमा तीन वर्षदेखि अर्कै कृष्णप्रसाद न्यौपाने, रास्वापाद्धारा संसदमा ध्यानाकर्षण

रातो कागज
17 घण्टा अघि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भाषा आयोगमा तीन वर्षदेखि एउटै नाम भएको तर अर्का व्यक्ति कृष्णप्रसाद न्यौपानेले सुविधा खाएर बसेको विषयमा संसदमा ध्यानाकर्षण गराएको छ ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद मनिष झाले उक्त विषय खतरा तरिकाले देश चलाएको छौं भनेर उफ्रिने केही अग्रज नेताहरुको लागि एउटा तमासा भएको बताए ।

उनले भने,‘भाषा आयोगमा तीन वर्षदेखि अर्को कृष्णप्रसाद न्यौपाने संवैधानिक नियुक्तिमा तीन वर्षसम्म अर्को व्यक्तिले नाम मिल्यो भन्दैमा सुविधा खाएर बसेको रहेछ । देश कसरी चलेको रहेछ भन्ने कुरामा उदाहरण हो यो । खतरा तरिकाले देश चलाएको छा छौं भनेर यहाँ उफ्रिने केही अग्रजहरुलाई यो एउटा तमासा हो ।

संवैधानिक नियुक्तिमा समेत यत्ति हेलच्याक्राइ ?’ अहिले भाषा आयोग कार्यालयमा रहेका सदस्य कृष्णप्रसाद न्यौपाने मन्त्रिपरिषद्ले नियुक्त गरेक प्रा.डा.न्यौपाने नभएको उनको भनाई छ ।
दुवैको नाम, जिल्ला, पालिका र वडासम्म मिल्छ तर व्यक्तिको अनुहार र योग्यता भने फरक छ ।

साथै उनले कुलिङ पिरियडमा रामहरि खतिवडाले राजीनामा समेत दिनुपर्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया