Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

आगामी शनिबार एनपीएलको अक्सन, १५० जना खेलाडी छनोट

रातो कागज
3 घण्टा अघि

काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि मिनी अक्सन आगामी शनिबार हुने भएको छ ।

अक्सनका लागि १५० खेलाडी छनोट भएका छन् । नेपाल क्रिकेट संघ क्यानले नाम दर्ता गरेका ४५८ खेलाडीबाट अक्सनका लागि १५० जना खेलाडी छनोट गरेको हो । अक्सनका लागि ग्रेड ‘ए’ मा ८, ‘बी’ मा ३५ र ‘सी’ मा १०७ खेलाडी छन् ।

‘ए’ ग्रेडमा आदिल अन्सारी, सरद भेषावकर, अर्जुन साउद, देव खनाल, दिलिप नाथ, पवन सरार्फ, सूर्य तामाङ र सुमन गौतम रहेका छन् ।

आदिल र पवनले पहिलो संस्करणको एनपीएल खेलेका थिएनन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया