२ चैत्र २०८२, सोमबार
राजनीति समाचार

आज चारवटा संसदीय समितको बैठक बस्दै

काठमाडौं । आज संघीय संसद अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।

बुधबार बिहान १० बजे सिंहदरबारमा बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा लुम्बिनी विकास कोषको वर्तमान अवस्था, प्रगति र चुनौती लगायतका विषयमा समसामयिक छलफल गरिने कार्यसूची रहेको छ ।

यस्तै, बिहान ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा छलफल गरिदैँछ ।

यसैगरी बिहान १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत  विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल गरिने कार्यसूची रहेको छ ।

आज दिनको १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित प्रतिवेदन सम्बन्धमा छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।

 

 

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि