७ पुष २०८२, सोमबार
मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

कुलिङ पिरियडको प्रावधान राख्ने विषयमा भएको गडबडीले सांसदहरूकै भूमिकामा प्रश्न उठेको छ : सांसद कुँवर

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले कुलिङ पिरियडको प्रावधान राख्ने विषयमा भएको गडबडीले सांसदहरूकै भूमिकामा प्रश्न उठेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कुलिङ अफ पिरियडको विषयले संसद्कै धज्जी उडेको टिप्पणी गरे ।

उक्त समितिमाथि ठूला दलका ठूला नेता र उच्च पदस्थ कर्मचारीबाट हस्तक्षेप भएको भनेर विषय आएको भनेर पनि उनले आपत्ति जनाए ।

‘अहिले सरकारमा सकारात्मक उर्जा भन्दा नकरात्मक उर्जा पैदाल गर्ने गरि गतिबिधि गरिरहेका छन् । ‘संघीय निजामती विधेयकमा कुलिङ अफ पिरियडबारे गरिएको विषयको विवादले संसद्को धज्जी उडेको छ भने सांसदहरूको भूमिका माथि समेत प्रश्न उठेको छ उक्त विषयमा छानबिन गराउनका लागि माग गर्दछु । असार २३ मा बनेको संसदिय समितिको समयसिमा हिजो सकिएको छ ।

तर प्रतिवेदन आएको छैन । सुनिएको छ ठूला दलको ठूला नेताहरुको उच्च पदस्तकारि नेताहरुको नेतृत्वले हस्तक्षेप गरेको छ । यदी यो साँचो हो भने यो खेद जनक छ’ उनले भने ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि