Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

वनवसा पुलमा चार पाङग्रे सवारीसाधन सञ्चालनमा रोक

रातो कागज
1 घण्टा अघि

कञ्चनपुर, २० साउनः कञ्चनपुरस्थित महाकाली नदीमा पानीको बहाव बढेपछि नेपाल भारत जोडने नदीमाथिको वनवसा पुलमा चार पाङग्रे सवारीसाधन सञ्चालनमा लगाइएको रोक यथावत राखिएको छ ।

सोमबार बिहान नदीमा पानीको बहाव एक लाख क्युसेकमाथि पुगेपछि सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले पुलमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए।

उनका अनुसार सोमबार बिहान १० बजे गरिएको मापनअनुसार नदीमा पानीको बहावमा वृद्धि भएर एक लाख ६८ हजार ३४४ क्युसेक पुगेको थियो । बेलुका ८ बजे गरिएको मापनअनुसार नदीमा पानीको बहाव एक लाख नौ हजार ९८० क्युसेक प्रहरी नायब उपरीक्षक सागर बोहराले उल्लेख गरे । उनका अनुसार नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि पुलमा सवारीसाधन सञ्चालनमा रोक लगाउने गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया