Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

जुम्लामा जीप दुर्घटना हुदाँ एक जना गम्भिर, अन्य सामान्य घाईते

रातो कागज
3 घण्टा अघि

मुगु । जुम्लामा जीप दुर्घटना हुदाँ एक जना गम्भिर घाईते र अन्य सामान्य घाईते भएका छन् ।

सोमबार बिहान १०ः३० बजे कालिकोटको हिलसाईड होटल नजिक जीप सड्क तल खसेपछि एक जना गम्भिर घाईते हुनुका साथै अन्य सामान्य घाईते भएका हुन् ।

भिजिट कर्णाली यातायात प्रा.ली.को कर्णाली प्रदेश ०२००१ ज ०६३७ नम्बरको सानो जीप दुर्घटना हुदा कास्की पोखरा २९ निवासी २८ बर्षिय रुवी थापाको करङमा चोट लागि गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ ।

उक्त गाडिमा सवार राष्ट्रिय मानव अधिकार आयोग जुम्ला कार्यालयका प्रमुख कल्पना नेपाल आचार्यले कालिकोटमा गाडि दुर्घटनामा परेको जानकारी दिएकी हुन् ।

जिल्ला प्रहरी कालिकोटका प्रहरी निरीक्षक विरबहादुर सुनारका अनुसार पाल्पा मातागढि गा.पा. वडा नम्बर १ निवासी राष्ट्रिय मानव अधिकार आयोग कार्यालय जुम्लाका प्रमुख कल्पना नेपाल आचार्य, गुल्मि सत्यवति गा.पा. ३ निवासी कालिकोट तिला गुफामा कार्यरत डाक्टर सुनिल ज्ञवाली, दार्चुला नौगुफा निवासी तिलागुफाका नर्स अञ्जना धामी, मुगु कार्मारोङ २ निवासी २६ बर्षिय हार्लेन तामाङ, बाँके जिल्ला कोहलपुर ८ निवासी ३५ बर्षिय देवेन्द्र अधिकारी, कर्णाली प्राविधि शिक्षालयमा कार्यरत दोलखा निवासी हिक्मत जिरेल सामान्य घाईते भएका हुन् ।

यसैगरी उक्त गाडिका चालक वीरेन्द्र नगर नगरपालिका वडा नम्बर ९ निवासी बर्ष २५ का रत्न प्रसाद अधिकारी सामान्य घाईते भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया