१२ फाल्गुन २०८२, मंगलवार
मधेश मुख्‍य समाचार समाज

घातक विद्युतीय मोटर : सिचाइ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

रौतहट । रौतहटका कृषक असावधानीका कारण खेतमा सिचाइ गर्ने क्रममा करेन्ट लागेर मृत्यु हुने गरेको पाइएको छ ।

विद्युतीय करेन्ट लागेर गत आर्थिक बर्षमा २३ जनाको मृत्यु भएको थियो भने हालसम्म २८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटको तथ्यांकमा उल्लेख छ ।

इशनाथ नगरपालिका–८ मन्सरी टोलमा सोमबार बिहान करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । आफ्नै खेतमा मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर अचेत भएका ५५ वर्षीय शेख जाफिरको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले जानकारी दिए ।

रौतहट प्रशासनले खेतमा सिचाइ गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । कृषि कार्यमा प्रयोग हुने विद्युतीय मोटर सञ्चालन गर्दा असावधानीका कारण करेन्ट लाग्ने गरेकाले सूचना जारी गरि सावधानी अपनाउन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी किरणनिधि तिवारीले बताए ।

यो घटना अत्यधिक बढेकाले न्यूनीकरणका लागि विद्युत प्राधिकरणसंग समन्वय गरेर सावधानी अपनाउन अनुरोध गरीएको उनको भनाइ छ ।

खेतमा पानी पठाउन किसानले नांगो तारमा सामान्य प्लास्टिक बेरेर लैजाने गर्छन् । त्यस्तो तार पानीमा परेपछि बाहिर करेन्ट सप्लाई भएर मानिसको मृत्युका घटना हुने गरेको रौतहट प्रहरीले जानकारी दिएको छ ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व