Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

बानियाँको नेतृत्वमा बागमती प्रदेशको मुख्यमन्त्री पदको दाबी पेश

नेपाल न्युज बैंक
2 घण्टा अघि

हेटौंडा । नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । मंगलबार प्रदेश प्रमुख कार्यालयमा नेकपा एमाले र नेपाली कांग्रेसको समर्थनमा लामाले मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् ।

दाबी पेश गर्न संसदीय दलका नेता बानियाँ, एमाले संसदीय दल नेता जगन्नाथ थपलिया लगायतको उपस्थिति थियो ।

१ सय १० प्रदेश सभा सदस्य रहेको बागमतीमा मुख्यमन्त्रीका लागि बहुमत जुटाउन ५६ मत आवश्यक पर्छ । जुन कांग्रेसका ३७ र एमालेका २७ सांसद भएपछि सहज रुपमा पुगेको छ ।

बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले साउन १८ गतेबाट लागु हुनेगरि पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले साउन २० गते दिउँसो २ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया