रासस
2 घण्टा अघि

तम्घास गुल्मी, १९ साउनः गुल्मीमा आइतबारदेखि परेको अविरल वर्षाका कारण स्वास्थ्यचौकीमा क्षति पुगेको छ । चन्द्रकोट गाउँपालिका–१ दिबु्रङ्ग स्वास्थ्य चौकीमा पहिरोबाट क्षति पुगेको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार आइतबार राति पहिरोले स्वास्थ्यचौकीको सुत्केरी स्याहार कक्ष पूर्ण रुपमा पुरिएको छ । यसबाट सेवा प्रभावित बनेको छ ।
स्थानीय, स्वास्थ्यकर्मी, प्रहरीलगायतको सक्रियतामा पहिरो हटाउने काम भइरहेको र सुत्केरीका लागि स्वास्थ्यचौकीमै व्यवस्थापन गर्ने व्यवस्था गरिएको वडाध्यक्ष घनश्याम खरेलले जानकारी दिए ।
त्यसैगरी वर्षाको कारण चन्द्रकोट गाउँपालिका–८ मा चार जनाको परिवार जोखिममा परेको छ । मजुवाका अमरबहादुर कुमालको ढुङ्गा माटोले बनेको दुईतले कच्ची घर जोखिममा परेपछि उहाँहरु छिमेकीको घरमा बस्दै आएका प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया