२६ आश्विन २०८२, आईतवार
बागमती मुख्‍य समाचार समाचार

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । आज संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । बैठक  दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको हो ।

आजको बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयक र प्रतिवेदनहरूमाथि छलफल हुने कार्यसूचीमा तय गरिएको छ ।

बैठकमा संघीय संसद्का महासचिवले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ को सम्बन्धमा राष्ट्रपतिबाट प्राप्त सन्देश पढेर सुनाउनेछन् ।

यस्तै, लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको ३२औँ वार्षिक प्रतिवेदन, २०८२’ मा उल्लिखित सुझावहरूलाई स्वीकृत गर्न प्रस्ताव प्रस्तुत गर्नेछन्।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौता’ लाई अनुमोदन गर्न प्रस्ताव प्रस्तुत गर्नेछन्।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि