नेपाल न्युज बैंक

काठमाडौँ । परम्परागत औजार “ढिकी जाँतो” को नामबाट काठमाडौंमा केही युवाले स्थानीय स्तरमा उत्पादन हुने खाद्य सामग्रीलाई संकलन गरेर शहरवासीको भान्सामा पु¥याउने काम जोडतोडले गरिरहेका छन् ।
कोभिड–१९ को महामारीमा लकडाउन भएर घरमै बसिरहेका बेला चार्टड एकाउन्टेन्ट कृष्ण प्रसाद शर्मा, आइटी इन्जिनियर अश्विन सापकोटा र उनका साथीहरू बीच स्थानीय स्तरमा उत्पादन हुने खाद्यन्नलाई सिधैं उपभोक्ताको भान्सासम्म कसरी पु¥याउन सकिन्छ भनेर छलफल भएको थियो । पछि सोहि समुहले हिमाली र उच्च पहाडी जिल्लामा उत्पादन हुने खाद्य सामग्री संकलन गरेर विक्री वितरण गर्दै आएको छ ।
“विशेष गरि विभिन्न हिमाली तथा पहाडी क्षेत्रका कृषकहरुको स्थानीय रैथाने उत्पादनलाई उचित मूल्य प्रदान गरी उक्त उत्पादित कृषिजन्य वस्तुहरुलाई शहरी क्षेत्रका उपभोक्तासम्म पुर्याउने हेतुले ढिकी जाँतोले –“फार्म फ्रम होम” अवधारणामा काम गर्दै आएको छ ।
‘स्थानीय स्तरमा उत्पादन हुने खाद्य सामाग्रीहरूलाई संकलन एवं प्रशोधन गरी उपभोक्तहरूको भान्सामा पु¥याउन हामीले छुट्टै प्रणाली स्थापित गरेका छौँ,’ सञ्चालक शर्मा भन्छन्, ‘ढिकी जाँतो वेबसाइट मार्फत उत्पादक र उपभोक्तालाई सिधै जोड्ने प्रणालीको विकास गर्ने योजना गरेका छौँ ।’
‘अर्गानिक उत्पादन मुखले भनेर मात्र हुने कुरा होइन, उत्पादन प्रक्रियादेखिनै अनुगमन हुनुपर्ने र सर्टिफाई गर्ने प्रक्रिया एवं विधि पनि लामो हुने भएकाले हाम्रो अहिलेको प्राथमिकता रैथाने उत्पादनलाई उपभोक्तामाझ प¥याउनु रहेको छ, सञ्चालक शर्मा भन्छन् । जुन भूगोलमा उत्पादन भएको खाद्य सामग्री हो त्यसलाई त्यही भूगोलकै भनेर जेन्यून खाद्य सामग्री उपभोक्ताको भान्सामा पु¥याउने गरिएको कम्पनीको दाबी छ ।
ढिकी जाँतोले बाली भित्र्याउने समयमा नै स्थानीय किसानहरूबाट खाद्य वस्तुहरूको संकलन गरेर ढिकी जाँतो संकलन केन्द्रमा ल्याउने गरेको छ । यसरी संकलन गरेको खाद्य सामग्री ढिकी जाँतो प्रशोधन केन्द्रमा पु¥याइन्छ । प्रशोधन केन्द्रबाट ढिकी जाँतो प्याकेजिंग केन्द्रमा लगेर प्याकेजिंग गरिसकेपछि सामाजिक सञ्जाल, वेबसाइट, ढिकी जाँतो स्टोरमार्फत उपभोक्तको भान्सासम्म खाद्य सामग्री पु¥याउने व्यवस्था मिलाइएको अर्का सञ्चालक सापकोटा बताउँछन् । काठमाडौंका विभिन्न स्थानमा ढिकी जाँतोका स्टोरहरु रहेका छन् । अनलाइनबाट अर्डर गर्ने उपभोक्ताहरूलाई ढिकी जाँतोले होमडेलिभरी गर्ने व्यवस्था समेत मिलाएको छ ।
युवालाई कृषिमा आकर्षित गराउने, किसानलाई रैथाने बाली लगाउन अभिप्रेरित गर्ने र किसानले उत्पादन गरेका कृषि उपजको बजारीकरणको व्यवस्था गर्ने काम समेत ढिकी जाँतोले एकसाथ गरिरहेको छ । ढिकी जाँतोले आफूले बजारीकरण गर्ने कृषिबाली लगाउन किसानलाई प्रोत्साहित गर्दै आइरहेको छ । कम्पनीले औद्योगिक व्यवसाय विकास प्रतिष्ठानबाट सहुलियतपूर्ण स्टार्टअप कर्जा पनि प्राप्त गरिसकेको छ ।
ढिकी जाँतोले चामल, दाल, गेडागुडी, पिठो, च्याँख्ला एब परम्परागत खाद्य बस्तुहरु जस्तै गुन्द्रुक, मस्यौरा लगाएत अन्य रैथाने उत्पादनलाई उपभोक्तको भान्सासम्म पु¥याउँदै आइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया