नेपाल न्युज बैंक

काठमाडौं । विश्वभरिका आदिवासी समुदायद्वारा प्रत्येक वर्ष अगस्त ९ तारिखका दिन मनाइँदै आएको अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसको ३१ औं संस्करण नेपालमा पनि भव्य समारोहका साथ मनाउने तयारी गरिएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद् सचिवालयको आयोजनामा यो दिवस राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा मूल समारोहसहित सप्ताहव्यापी कार्यक्रमका साथ मनाइने भएको हो ।
यस वर्षको दिवसको मूल नारालाई ‘प्राकृतिक श्रोत, जल, जमिन र जंगल माथी आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, ग्ल्म्च्क्ष्ए र क्ष्ीण्ज्ञटढ सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यन्वयन गरौं’ भनिएको छ । कार्यक्रमको मूल समारोह श्रावण २४ गते शनिबार दिउँसो १२ः३० बजे राष्ट्रिय सभागृहमा आयोजना हुनेछ ।
सो अवसरमा आदिवासी जनजातिहरूको सांस्कृतिक झाँकी, मातृभाषामा तयार पारिएका गीतसंगीत, जातीय भेषभूषा, र रैथाने कलाकृतिहरूको भव्य प्रदर्शनीका साथै खुला सडक प्रस्तुति आयोजना गरेको छ ।
झाँकी ¥याली बिहान ११ः०० बजे भृकुटीमण्डपबाट सुरु भई भद्रकाली, सुन्धारा, वीर अस्पताल, रत्नपार्क, पुरानो बसपार्क हुँदै पुनः प्रदर्शनीमार्गको राष्ट्रिय सभागृहमा पुगेर मूल समारोहमा परिणत हुनेछ ।
कार्यक्रमको उद्घाटन संचार, सूचना तथा प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले गर्नेछन् । कार्यक्रममा संवैधानिक निकाय प्रमुखहरू, सांसदहरू, पार्टी प्रतिनिधिहरू, आदिवासी जनजातिका विशिष्ट व्यक्तित्वहरू तथा संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहनेछ ।
मूल समारोहमा बागमती प्रदेशको कामकाजको भाषामा तामाङ र नेपाली भाषा कार्यान्वयन गर्ने तत्कालीन मुख्यमन्त्री शालिकराम जमरकटेल र गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई आधिकारिक भाषा बनाउन पहल गर्ने वर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ताम्रपत्रद्वारा सम्मान गरिनेछ ।
राष्ट्रिय सभागृह पछाडिको खुला क्षेत्रमा आदिवासी खानपिन प्रदर्शनी (फूड फेस्टिभल) र विक्री वितरण स्टलहरू पनि राखिनेछन् ।
त्यस्तै, दिवसलाई सप्ताहव्यापी उत्सवको रूपमा मनाउँदै विभिन्न संघसंस्थाहरूले विविध कार्यक्रमहरू आयोजना गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया