२६ आश्विन २०८२, आईतवार
बागमती मुख्‍य समाचार समाचार

नेपाल चेम्बर र श्रीलङका चेम्बरबीच रणनीतिक साझेदारीको सम्झौता

काठमाडौं । श्रीलङकास्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल चेम्बर अफ कमर्स एनसीसी र श्रीलङकन चेम्बर अफ स्मल एण्ड मिडियम इन्टरप्राईजेज  एसएलसीएसएमआई बीच साना तथा मझौला उद्यम प्रवद्र्धन, व्यापार तथा लगानी अभिवृद्धिका लागि रणनीतिक साझेदारीको सम्झौता भएको छ ।

श्रीलङकाका लागि नेपाली राजदूत डा.पूर्ण बहादुर नेपालीको उपस्थितिमा सम्झौता पत्रमा एनसीसीका तर्फबाट अध्यक्ष कमलेस कुमार अग्रवाल र एसएलसीएसएमआईका तर्फबाट अध्यक्ष रोहन डी शिल्भाले हस्ताक्षर गरेका हुन् ।

दुई संस्थाबीच साना तथा मझौला उद्यमहरुको प्रवद्र्धन, दुईदेशीय व्यापार एवं लगानीको अवसर तथा नेपाल श्रीलङकाको निजी क्षेत्रबीच व्यापार सहजीकरण गर्र्ने विषयमा सम्झौता भएको चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साना तथा मझौला उद्यममा एक अर्काको देशमा भएका अभ्यास, नीतिगत व्यवस्था, क्षमता अभिवृद्धि कार्यक्रम,  प्रशिक्षण, कार्यशाला गोष्ठि जस्ता विषयमा सहकार्य गर्ने विषयमा सम्झौतामा हस्ताक्षर भएको हो ।

यस्तै दुवै देशका चेम्बर प्रतिनिधीहरुबीच दुई पक्षीय भेटवार्ता, साना तथा मझौला उद्यममा दुई पक्षीय लगानी जस्ता विषयमा पनि सहकार्य हुने जनाईएको छ ।

साना तथा मझौला उद्यमीहरुद्धारा उत्पादित बस्तुहरुको एक अर्काका देशमा प्रर्दशनी एवं व्यापार अभिवृद्धि गर्नका लागि नेपाल चेम्बर अफ कमर्स एनसीसी र एसएलसीएसएमआईका तर्फबाट समन्वय गरिने विषय सम्झौतामा उल्लेख छ ।

दुई पक्षीय व्यापार सहजीकरण, प्रविधि हस्तान्तरण, साना तथा मझौला उद्योगको सम्भावना सम्वन्धमा संयुक्त खोज तथा अनुसन्धान गरिने चेम्बरले जनाएको छ ।

खासगरी नेपाल र श्रीलङकामा साना तथा मझौला उद्यमको प्रर्वद्धन गर्नका लागि दुई देशका चेम्बरबीच रणनीतिक साझेदारीको सम्झौता भएको चेम्बरद्धारा जारी विज्ञप्तिमा जनाईएको छ ।

 

 

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि