Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु

नेपाल न्युज बैंक
16 घण्टा अघि

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२÷८३ को बजेट कार्यान्वयन सम्बन्धी मन्त्रालयगत छलफल सुरु गरेको छ ।

अर्थ मन्त्रालयले आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गरेको छ ।

छलफलमा दलित समुदायको परम्परागत सीप, कला र पेशाको संरक्षण गर्दै रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न भगत सर्वजित उद्यमशिलता कार्यक्रम विकास कार्यक्रम अन्तर्गत आधुनिक प्रविधिको हस्तान्तरण र तालिमसँगै उत्पादित वस्तुलाई बजारसँग जोडेर अघि बढ्ने कुरा भएको छ ।

त्यसैगरी काठमाडौं उपत्यकामा सञ्चालित उद्योगहरुलाई उपत्यका बाहिरका औद्योगिक क्षेत्रमा स्थानान्तरण गरी राजधानीको प्रदूषण नियन्त्रण गर्ने र स्थानान्तरण हुने उद्योगलाई विशेष सहुलियत दिनेबारे छलफल भएको छ ।

भारत, चीनलगायत अन्तर्राष्ट्रिय समुदायले मान्यता दिनेगरी नेपालमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तर प्रयोगशाला स्थापना गर्ने, झापा, मकवानपुरको मयुरधाप, चितवनको शक्तिखोरमा आधुनिक औद्योगिक क्षेत्रको निर्माणलगायतका विषयमा पनि छलफल भएको छ ।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे, उद्योग सचिव डा. रामप्रसाद घिमिरे लगायत उपस्थित थिए ।

आर्थिक वर्ष २०८२÷८३ को बजेटलाई कार्यान्वयन गर्न अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालय र विभागहरुसँग क्रमश ः छलफल गर्ने कार्यक्रम छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया