१२ फाल्गुन २०८२, मंगलवार
बागमती मुख्‍य समाचार समाचार

किसानलाई पर्याप्त मल उपलब्ध गराउन अझै सकिने अवस्था छैन : मन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीलेनेपाल सरकारले छुट्याइएको बजेट अनुसार चालु आर्थिक बर्षमा ९८ प्रतिशत रासायनिक मल आयात भएको बताएका छन् ।

प्रथम राष्ट्रिय कोदो दिवसको अवसरमा बोल्दै विगतको १० बर्षको अवस्था हेर्दा आयातमा सन्तोष मान्न नसकिएपनि यसबर्षको क्रियाशीलताले आयात बढाउन सकिएको बताए । तर हालको बजेटले किसानलाई प्रर्याप्त मल उपलब्ध गराउन नसकिने बताए ।

उनले कृषिमा केही परिर्वतन गर्न सक्यो भने राम्रो गरेको आभास हुने बताए । उनले अन्य बालीलाई मलको प्रयोग गरेता पनि कोदोलाई रासायनिक मलको प्रयोग गर्न नपर्ने बताएका हुन् ।
उनले भने, यो गर्छु त्यो गर्छु भन्दा पनि हामीले कृषिमा केहि परिर्वतन गर्न सक्यो भने केही राम्रो गरेको आभास हुन्छ ।

होइन भने त्यो आभासपनि हुन्न । नेपाल सरकारले छुट्याइएको बजेट पर्याप्त छैन तर यस पटक ९८ प्रतिशत रासायनिक मल आयात भएको देखिन्छ ।विगत १० बर्षलाई हेर्दा यत्तिको क्रियाशीलता कतै भएको थिएन ।’

दुई छाक भात खानुभनेको रोग निम्त्याउनु रहेको भन्दै अधिकारीले कोदोजन्य परिकार बनाएर खान सुझाव दिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि