६ माघ २०८२, मंगलवार
बागमती मुख्‍य समाचार

गौतम बुद्धको पवित्र पिपरहवा अवशेषहरू १२७ वर्षपछि इङ्गल्याण्डबाट भारत फिर्ता

काठमाडौं । भगवान गौतम बुद्धको पवित्र पिपरहवा अवशेषहरु १२७ वर्षपछि इङ्गल्याण्डबाट भारत फिर्ता भएको छ । राष्ट्रिय गौरव र आध्यात्मिक महत्वको अवशेष फिर्तासँगै भारत सरकारले त्यसको स्वागत गरेको छ ।

भारत सरकारका संस्कृति मन्त्री गजेन्द्र सिंह शेखावतले यसलाई ‘ऐतिहासिक र गहिरो भावनात्मक क्षण’ भनेका छन् ।

‘सांस्कृतिक रूपमा, आज हाम्रो लागि धेरै महत्त्वपूर्ण दिन हो । यो पुरातात्विक सम्पदाले भारतको लागि ऐतिहासिक र आध्यात्मिक महत्व राख्छ । १२७ वर्ष पहिले इङ्गल्याण्ड लगिएको पवित्र पिपरहवाअवशेष भारत फिर्ता हुने कुरामा कसैले कल्पना समेतपनि गरेको थिएन् । तर आज त्यो सौभाग्यको सूर्योदय भएको छ,’ उनले भने ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि भगवान बुद्धको पवित्र पिपरहवा अवशेषहरू भारत फिर्ता भएकोमा प्रशंसा गर्दै बुद्धका शिक्षाहरूप्रति भारतको गहिरो श्रद्धा र यसको आध्यात्मिक र ऐतिहासिक विरासतको संरक्षण गर्ने प्रतिबद्धतालाई जोड दिए ।

भगवान बुद्धका अवशेषहरू मानिने पिप्राह्वा अवशेषहरू १९ औं शताब्दीको अन्त्यतिर उत्तर प्रदेशको सिद्धार्थनगर जिल्लाको पिप्राह्वामा, नेपाल सीमा नजिक र बुद्धको बाल्यकालको घर, प्राचीन कपिलवस्तु नजिकै फेला परेका थिए । यी अवशेषहरू औपनिवेशिक कालमा भारतबाट लगिएका थिए ।(एएनआइ)

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको