२६ आश्विन २०८२, आईतवार
बागमती मुख्‍य समाचार विशेष समाचार

जहाज दुर्घटना जाँच सम्बन्धी स्थायी निकाय आवश्यक छ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले जहाज दुर्घटना जाँच सम्बन्धी स्थायी निकाय बनाउन आवश्यक रहेको बताएका छन् ।

बिहीबार राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा पर्यटन मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको प्रगति अवस्था, समस्या र समाधानका लागि भएका प्रयास तथा समितिसँगको अपेक्षाका विषयमा भएको छलफलमा उनले दुर्घट्ना जाँच सम्बन्धी ऐनकोपनि ड्राफ्ट तयार हुँदै गरेको जानकारी दिए ।

मन्त्री पाण्डेले नेपालको नागरिक उड्डयन क्षेत्रको सुधाका लागि समग्र अध्ययन गर्नेगरी अध्ययन समिति बनेको पनि जानकारी दिए ।

उनले भने,‘जहाज दुर्घटनाका सन्दर्भमा स्थायी खालको दुर्घट्नासँग सम्बन्धी एउटा निकाय चाहिने रहेछ । एउटाले आयो अध्ययन गरी छानवीन गरेर प्रतिवेदन दियो । अर्को दुर्घट्नाको बेला यो सबै सम्झना पनि रहँदैन् । त्यसैले एउटा दुर्घट्ना जाँच सम्बन्धी ऐनपनि ड्राफ्ट हुँदै छ । स्थायी निकाय बनाउँछौं, त्यसैले काम गर्छ । नेपालको नागरिक उड्डयन क्षेत्रको सुधाको लागि समग्र अध्ययन गर्नेगरी अध्ययन समिति बनेको छ ।’

त्यस्तै मन्त्री पाण्डेले देवघाट, कालिगण्डकीको सभ्यता र इतिहास जोगाउनको लागि चाँडै नेतृत्व चैन गर्ने पनि बताए ।

उनले भने,‘देवघाटमा नेतृत्व चैन दुई दिनभित्र नै हुन्छ । नियुक्तिको प्रकृया केही ढिलो भएको थियो । त्यो चाँडै टुङ्ग्याउँछौं । त्यसपछि देवघाट, कालिगण्डकीको सभ्यताको परिचय र इतिहास जोगाउने काम हुन्छ ।’

उनले गौरवका आयोजनाका केही कामहरु अदालत र  अख्तियारका कारणले रोकिएको बताउँदै देशको विकासको गतिलाई रोकेर नभई अगाडि बढाउँदै समन्वयत्मक ढंगले काम गर्नु अहिलेको आवश्यकता रहेको धारणा राखे ।

+

 

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको