१० फाल्गुन २०८२, आईतवार
प्रदेस समाचार मुख्‍य समाचार राजनीति विशेष समाचार

भूमि विधेयक फिर्ता नलिए जनविद्रोह गर्ने उपेन्द्र यादवको चेतावनी

राजविराज । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमि सम्बन्धी विधेयक फिर्ता नलिइए जनविद्रोह गर्ने चेतावनी दिएका छन् ।

सप्तरीको राजविराजमा जसपा नेपाल सप्तरीको एकताको प्रथम जिल्ला अधिवेशनलाई बुधबार उद्घाटन गर्दै अध्यक्ष यादवले वन विनास, चूरे उत्खनन् तथा पहाडका बासिन्दालाई मधेशमा भू–माफियाहरुलाई अवैध बसोवास गराउन सरकार षड्यन्त्रमा लागेकोले जनतालाई सचेत रहन आग्रह गरेका हुन् ।

उनले भने, ‘वर्तमान सरकारले मधेश विरोधी भूमि विधेयक जबर्जस्ती लाद्न खोजिए मधेशी जनता आफ्नो अस्तित्व र पहिचानको रक्षाका लागि जनविद्रोह गर्न बाध्य हुनेछन् ।’

सरकारको गलत नीतिका कारण मधेश मरूभूमिकरणतर्फ उन्मुख भएको आरोप लगाउँदै उनले मधेशमा पानीको हाहाकार रहेको तथा अन्नदाता नै सङ्कटमा परेकोले बजेट संशोधन गरी वर्तमान समस्या समाधान गर्न आग्रह गरे  ।

पानीको जलस्तर घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै यादवले भने ‘जमिनको सतहमा पानी कायम राख्नुको मूल आधार नै चुरे हो, बसोबासको नाममा वन फडानी गरी बसोवास चुरेको संरक्षण नगरिए मधेशको भूमि मरुभूमि हुनेछ ।’

जनसङ्ख्याको आधारमा बजेट ल्याउन माग गर्दै उनले भने ‘४० प्रतिशत जनसङ्ख्यालाई ८९ प्रतिशत र मधेशको ६० प्रतिशत जनतालाई मात्र ११ प्रतिशत बजेट विनियोजन गरिन्छ, यो भन्दा ठूलो विभेद के हुनसक्छ ।’

जबर्जस्ती लादिएको संविधानले देशको हित नहुने भन्दै गलत संविधानकै कारण सङ्घीय लोकतान्त्रिक गणतन्त्र जस्तो शासन व्यवस्था पनि बदनाम भएको बताए ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।