१३ फाल्गुन २०८२, बुधबार
गण्डकी मुख्‍य समाचार स्वास्थ्य

ज्येष्ठ नागरिकलाई सहुलियतमा उपचार

गलेश्वर म्याग्दी, १४ साउनः बेनी अस्पतालले ज्येष्ठ नागरिकका लागि सहुलियतमा उपचार सेवा प्रारम्भ गरेको छ । ज्येष्ठ नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा प्रदान गर्ने सरकारको नीतिअनुसार सहुलियत उपचार सेवा थालिएको हो ।

पचास शय्या क्षमताको यो अस्पतालमा ६० देखि ६९ वर्षसम्मका ज्येष्ठ नागरिकले अस्पतालद्वारा निर्धारित उपचार सेवामा ५० प्रतिशत छुट पाउनेछन् । सत्तरीदेखि ७९ वर्ष सम्मकालाई ७५ प्रतिशत छुट दिइने व्यवस्था मिलाइएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिलकुमारी खत्रीले बताए ।

असी वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई अधिकांश सेवा निःशुल्क गरिएको छ । वार्षिक ६० हजारभन्दा बढी बिरामीले उक्त अस्पतालबाट सेवा लिने गरेका छन् ।

थप समाचारहरु

गण्डकी प्रदेस समाचार

आजदेखि पोखरा बसपार्क क्षेत्रका सडक छेउमा पार्किङ निषेध

७ साउन, पोखरा । आजदेखि पोखरा बसपार्क क्षेत्रका सडक छेउमा पार्किङ निषेध गरिएको छ । पोखरा महानगरपालिकाले पृथ्वीचोकेदेखि सेती पुल
गण्डकी प्रदेस समाचार समाज

लियोलाई वन्यजन्तु उद्धार केन्द्र कास्की छाड्ने तयारी

चन्द्रा महतो । ८ साउन, नवलपुर । अरुणखोलाको अधेरीकल्ची सामुदायिक वनबाट उद्धार गरिएको चितुवाको बच्चा (लियो) लाई पचपलिया वन्यजन्तु उद्धार