Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

ज्येष्ठ नागरिकलाई सहुलियतमा उपचार

रातो कागज
20 घण्टा अघि

गलेश्वर म्याग्दी, १४ साउनः बेनी अस्पतालले ज्येष्ठ नागरिकका लागि सहुलियतमा उपचार सेवा प्रारम्भ गरेको छ । ज्येष्ठ नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा प्रदान गर्ने सरकारको नीतिअनुसार सहुलियत उपचार सेवा थालिएको हो ।

पचास शय्या क्षमताको यो अस्पतालमा ६० देखि ६९ वर्षसम्मका ज्येष्ठ नागरिकले अस्पतालद्वारा निर्धारित उपचार सेवामा ५० प्रतिशत छुट पाउनेछन् । सत्तरीदेखि ७९ वर्ष सम्मकालाई ७५ प्रतिशत छुट दिइने व्यवस्था मिलाइएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिलकुमारी खत्रीले बताए ।

असी वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई अधिकांश सेवा निःशुल्क गरिएको छ । वार्षिक ६० हजारभन्दा बढी बिरामीले उक्त अस्पतालबाट सेवा लिने गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया