२ चैत्र २०८२, सोमबार
राजनीति

सबै दोष सरकार र नेताहरुको टाउकोमा थुपार्न पाइँदैन  : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै दोष सरकार र नेताहरुको टाउकोमा थुपार्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन् ।

मंगलबार सानेपामा आयोजित देशको वित्तीय तथा मौद्रिक स्थिति विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यापरी र उद्योगपतिले आफूले केही नगर्ने अनि दोष जति सरकारलाई दिने गरेको भन्दै आक्रोसित भए ।

उनले भने,‘व्यापार गर्ने व्यापारीले हो । उद्योग चलाउने उद्योगपतिले हो । समस्या केही छ भने भन्नुहोस् न मलाई आएर । के गर्नुपर्ने हो सरकारले गर्न तयार छ । तर सबै कुराको दोष नेताको टाउकोमा राख्न पाइँदैन नि । आफूले पनि गर्नुपर्यो नि । आफूचाही केही नगर्ने अनि हामीलाई दोष दिने ? व्यापार सरकारले गर्दैन् । उद्योग सरकारले खोल्दिदैन् । उद्योग खोल्नुहोस् व्यापार गर्नु आफूले गर्न नसकेको दोष त सरकारलाई दिनुभएन नि ।’

त्यस्तै उनले कांग्रेस र एमाले मिलेर संयुक्त सरकार बनेपछि देशको अर्थतन्त्रमा सुधार आएको दाबी गर्दै कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिको महत्त्वपूर्ण उद्देश्य अर्थतन्त्रलाई चलायमान बनाउनु रहेको स्मरण गरे ।

उनले मूल्यवृद्धिलाई नियन्त्रणमा ल्याएर जनताको पक्षका काम गर्न कांग्रेस प्रतिबद्ध रहेको धारणा राखे ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।