Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

मधेश प्रदेशमा डिप बोरिङ जडानका लागि गृहकार्य सुरु गर्न वितरण केन्द्र प्रमुखहरुलाई शाक्यको निर्देशन

नेपाल न्युज बैंक
11 घण्टा अघि

जनकपुर । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मधेश प्रदेशमा डिप बोरिङ जडानका लागि आवश्यक गृहकार्य सुरु गर्न प्रदेशभरिका वितरण केन्द्रहरुलाई निर्देशन दिएका छन् ।

मंगलबार जनकपुरधामस्थित प्रादेशिक वितरण केन्द्रमा विभिन्न जिल्लाका वितरण केन्द्र प्रमुखहरुसंग छलफल गर्दै निर्देशक शाक्यले किसानहरुको समस्यालाई मध्येनजर गर्दै सात दिन भित्र डिप बोरिङ जडानका लागि आवश्यक पर्ने गृहकार्यहरु गरिसक्न निर्देशन दिएका छन् ।

उनले सिँचाईको समय एक महिना मात्र बाँकी रहेकाले तीव्र गतिमा स्थान छनोट, ट्रान्सफर्मर जडानलगायतका कार्यहरु अगाडि बढाउन निर्देशन दिएका छन् । किसानले बोरिङ जडान गर्न माग गर्नु भन्दा पहिला नै सम्बन्धित स्थानिय तह र निकायहरुसंग समन्यव गरेर बोरिङ जडान गरिसक्न उनले निर्देशन दिए । आवश्यक परेको खण्डमा उनले बोर्डरबाट थप ट्रान्सफर्मरसमेत मगाउने बताए ।

बोरिङ जडान भएपश्चात न्यूनतम शुल्क तोकेर स्थानीय तह र अन्य निकाहरुसंँग सो रकम असुल उपर गर्नेगरी बिजुली प्रदान गर्ने शाक्यले जानकारी दिए । ८ रुपैयाँ तिरेर ल्याएको बिजुली निःशुल्क दिन नसक्ने भन्दै उनले थोरै रकम भएपनि लिएर मात्र बिजुली दिने स्पष्ट पारे ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया